ब्राइडल पहिरनमा विक्की र कटरिनाको रोमान्स
मुम्बई: चार दिन अघि विवाह बन्धनमा बाँधिएका बलउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरिना कैफले केही तस्बिर सार्वजनिक गरेका छन्। उनीहरुले सात सय पुरानो फोर्टमा खिचिएका तस्बिर सार्वजनिक गरेका हुन्।
तस्बिरमा उनीहरु रोमान्टिक अन्दाजमा देखिएका छन्। तस्बिरमा कटरिनाले पहिरिएको पहिरनलाई ४० जना मिलेर ७० दिनमा तयार पारिएको बताइएको छ। त्यस्तै यी जोडीले ७ लाख बढीको औंठी साटासाट गरेको बताइएको छ।