बस र मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु

बस र मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा बस र मोटरसाइकल एकआपसमा ठोक्किंदा एक युवकको मृत्यु भएको छ। बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–१० लालगढस्थित बस र मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ का २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ६ प २५५९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५९ प ६८८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

बस र बसचालक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरी निरीक्षक सुवेदीले जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.