मौनी र सुरजको विवाह भारतमै

मौनी र सुरजको विवाह भारतमै

मुम्बई : पछिल्लो समय भारतीय मनोरञ्जन क्षेत्रमा विवाहको मौसम चलेको छ। चर्चित बलिउड नायक नायिकादेखि टेलिभिजन कलाकारहरूले धमाधम लगनगाँठो कसिरहेका छन्। कट्रिना कैफ र अंकिता लोखडेपछि बलिउडकी अर्की अभिनेत्री मौनी राय पनि चाँडै नै विवाह बन्धनमा बाँधिने भएकी छन्। ‘नागिन’का उपनामले चिनिने मौनीले यही जनवरीमा आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न लागेकी हुन्। 

मौनीले नयाँ वर्ष २०२२ को सुरुवातमै घरजम गर्न सक्ने जनाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी २५ देखि २७ का बिचमा मौनीको विवाह हुनेछ। मौनीले लामो समयदेखिका प्रेमी सुरज नम्बियारसँग लगनगाँठो कस्न लागेकी हुन्। यसअघि उनीहरूको विवाह दुबईमा हुने चर्चा गरिए पनि इन्डिया टुडेका अनुसार यी दुईको विवाह भारतमै हुन लागेको हो। मौनी र सुरज लामो समयदेखि प्रेममा छन्। उनीहरूले यसअघि नै विवाह गर्ने मनसाय बनाएका थिए। तर, कोरोना महामारीका कारण उनीहरूको विवाह पर धकेलिएको हो। विवाहलाई लिएर मौनी अहिले निकै उत्साहित छिन्। उनले विवाहको अधिकांश तयारी पनि थालिसकेकी छन्।  

नागिन फेम मौनी बलिउडमा नव नायिकाको रुपमा प्रवेश पाएकी सफल टेलिभिजन कलाकार हुन्। उनले टेलिभिजन पर्दामा लामो समय सफल अभिनेत्रीका रुपमा काम गरिसकेकी छन्। सामाजिक सञ्जालमा मौनीले लगाउने लहंगा, बिकिनीदेखि गहनासम्म चर्चामा आउने गरेको छ। उनी फ्यान माझ स्टाइलिस आइकन बनिसकेकी छन्। 

उनले अभिनय करियरको सुरुवात कोरस डान्सरबाट गरेकी थिइन्। उनले पहिलो पटक अभिषेक बच्चन र भूमिका चावलाको फिल्म ‘रन’को एक गीतमा अभिनय गरेकी थिइन्। पहिलो पटक एकता कपुरको चर्चित सिरियल ‘क्योंकि सास भी कभी बहु थी’बाट अभिनय थालेकी उनले लगातार सफलता पाइन्। उनी त्यसपछिको हिट सिरियल ‘नागिन’, ‘नागिन २’, ‘कस्तूरी’, ‘जुनून ऐसी नफरत तो कैसा इश्क’लगायतमा मुख्य भूमिका निर्वाह गरेकी थिइन्।

मौनीले सन् २०१८ मा अक्षय कुमारसँग फिल्म ‘गोल्ड’बाट बलिउडमा पाइला राखेकी थिइन्। यसैगरी ‘रोमियो अकबर वाल्टर’, ‘मेड इन चाइना’ र ’लन्डन कन्फिडेन्सियल’मा काम गरिसकेकी छन्।  उनी चाँडै नै मल्टी स्टारर फिल्म ‘ब्रह्मास्त्र’मा पनि देखिने भएकी छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.