उधौलीमा आयो ‘साकेला नाच्दा’
काठमाडौं : उधौली पर्व सुरु भएकै दिन आइतबार ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको छ। यसको शब्द गीतकार सचित राईले लेखेका हुन्।
उक्त गीतमा संगीतकार थिरज राईले संगीत भरेका छन्। गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन्।
यो गीतको भिडियोमा कलाकार दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई, श्याम राई, अनुसा राई, एलिस राई, सीता राई र विशाल राईले अभिनय गरेका छन्।
यसको निर्देशन विल्सनविक्रमले गरेका हुन्। यसमा कोरियाग्राफर कमल राईको कोरियोग्राफी छ। यो भिडियो युट्युबमा तक्मेबुढा डटकममा हेर्न सकिन्छ।