नेपालकै अग्लो बुद्ध मूर्ति स्याङ्जाको थाप्लेमा

नेपालकै अग्लो बुद्ध मूर्ति स्याङ्जाको थाप्लेमा

स्याङ्जा : स्याङ्जाको थाप्लेमा निर्मित वशाल बुद्ध मुर्तिले पर्यटक आगमनलाई ह्वात्तै बढाएको छ। मूर्ति अवलोकन तथा घुमघाम गर्नेको ओइरो लागेको छ। 

नेपालकै सबैभन्दा अग्लो दावी गरिएको ५८ फिटे बुद्ध मूर्ति यहाँको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको संगमस्थल पनि हो। विशेष गरी यो अर्जुनचौपारी वडा नं. ६ को थाप्लो मै पर्छ। 

समुन्द्री सतहदेखि झण्डै २२ सय मिटरको उचाईको थाप्लेमा विशाल बुद्धको मूर्ति बनेको छ। दरौंका गुरुङ समुदायको सहयोगमा बुद्ध मूर्ति निर्माण भएको हो। वि.सं. २०७५ सालदेखि सुरु गरिएको मूर्ति २ वर्षमा रंगरोगन सहित पूरा भएको छ। निकै आकर्षक सो मूर्ति झण्डै १ करोड ५० लाखको लागतमा निर्माण भएको हो।

शहर केन्द्रित बसाइसराइलाई नियन्त्रण गर्न भूमिबहादुर गुरुङ् (विश्व) ले थाप्लेमा विशाल मूर्ति निर्माणको परिकल्पना गरे। गाउँले दाजुभाइलाई भेला गराए। पोखरा, काठमाडौं लगायत विदेशमा पुगेका स्थानीयबासी सबैले मन खुलाएर सहयोग गरे। 'करोडको संख्यामा रकम जम्मा भयो। त्यसपछि मूर्ति निर्माण सुरु गरियो], विश्व भन्छन्। नेपाली कांग्रेसका नेता समेत रहेका विश्व एक्लैले ५० लाख सहयोग गरेका छन्। 

मूर्ति निर्माणसँगै यहाँ चहलपहल बढेको छ। बालबालिकादेखि जेष्ठ नागरिकसम्म यहाँ आउने गर्छन्। मानिसका चहलपहल बढेसँगै यहाँ रेष्टुरेन्ट र गेष्टहाउस सञ्चालनमा ल्याइएका छन्। 

उनले भने , 'सुन्दर शान्त र रमणीय स्थलमा बनेको मूर्तिको स्थापनापछि दैनिक सयौंका संख्यामा मानिस आउने गरेका छन्। दैनिक ५ सय व्यक्ति घुम्न आउँछन् भने  २० देखि ३५ जनासम्म दिनहुँ बस्ने गर्छन्। हामी उनीहरुलाई स्थानीय खाना र संस्कृतिमा रमाउने वातावरण दिन्छौं। ५० जना क्षमताको गेष्ट हाउस पनि संचालनमा छ।'  

‘विशाल बुद्ध मूर्ति र यहाँका मनोरम प्रकृतिमा रमाउदै समय बिताउने र क्लिक क्लिक गर्दे फोटो खिच्ने  पनि उत्तिकै हुन्छन्’, गेष्ट हाउस संचालक संजीव गुरुङले भने, ‘दिनमा आएर फर्कने हुन् वा, बासै बस्नेका लागि पनि स्थानीय खाना र सांस्कृतिमा रमाउन सक्नेछन्।’ 

पर्यटकका चाहना बमोजिम क्याम्प फायर, लोक दोहोरी, बार्वी क्यू लगायतका मनोरञ्जनको सुविधा उपलब्ध भएको र घुम्न मात्र नभए बैठक, सेमिनार र अन्य कार्यक्रम पनि गरिने उनले बताए।

उक्त स्थानबाटै माछापुच्छ्रे, धवलागिरि लगायतका थुप्रै हिमशृंखला प्रत्यक्ष हेर्न सकिन्छ। बिहानको सूर्योदय र सूर्यास्त पनि नजिकैबाट देख्न सकिनेछ। आँधीखोला उपत्यकाका लगायत खर्सुको लेक, डहरेको चुचुरो, अलि पर रहेको शिरुवारी पोखरा लगायत वरपरका केही उपत्यका पनि प्रत्यक्ष देख्न पाइन्छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.