अभिनेताको स्वीकारोक्ति- 'हो, मलाई शारीरिक सम्बन्धको लत लागेको थियो'

अभिनेताको स्वीकारोक्ति- 'हो, मलाई शारीरिक सम्बन्धको लत लागेको थियो'

न्युयोर्कः हलिउड अभिनेता जेम्स फ्रान्कोकोले आफू आफ्ना विद्यार्थीसँग सुतेको स्वीकार गरेका छन्। आफूमा शारीरिक सम्बन्धको लत (सेक्स एडिक्सन) भएको भन्दै उनले आफ्ना विद्यार्थीसँग सुतेको स्वीकारेका हुन्।

दी सिरियस एक्सएम पोडकास्टमार्फत् ४३ वर्षीय अभिनेता फ्रान्कोले बुधबार सो खुलासा गरेका हुन्। ‘अभिनय सिकाउने क्रममा म मेरा विद्यार्थीहरुसँग सुत्ने गर्थे। जुन वास्तवमै गलत थियो,’ पोडकास्टमार्फत् उनले भनेका छन्, ‘किनकि त्यतिबेला म 'सेक्स एडिक्टेड' थिए। तर महिलाहरुलाई प्रयोग गर्ने र गलत नियतले भने उनीहरुसँग सुत्ने गर्दिनथे। 'सेक्स एडिक्सन' लागुऔषध कूलतभन्दा पनि घातक हुने रहेछ।’

फ्रान्कोले एक अभिनय स्कुल सञ्चालन गर्दै आएका थिए। सो समयमा आफूले अभिनय सिकाउने स्कुलका विद्यार्थीसँग सुत्ने गरेको र पछिल्लो समय आफ्नो शारीरिकक सम्पर्कको लत छुटाउने प्रयास गरिरहेको उनको भनाइ छ।

करिब चार वर्षअघि यौन सन्तुष्टिका लागि आफ्ना विद्यार्थीलाई प्रयोग गरेको भन्दै पाँच महिलाले फ्रान्कोमाथि आरोप लगाएका थिए। महिलामाथि यौन शोषण गरेको भन्दै ती अभिनेताविरुद्ध सन् २०१९ मा अन्य दुई महिलाले उजुरी दिएका थिए।

अमेरिकी अभिनेता एवं लेखक फ्रान्को सन् २०११ को ओस्कार कार्यक्रमका 'को होस्ट'समेत हुन्। फ्रान्कोले सन् २०१० को बायोग्राफिकल फिल्म ‘१२७ हावर्स’मा उत्कृष्ट अभिनेताको रुपमा अवार्ड जितेका थिए। स्पाइडर म्यान ट्रिलोजी, मिल्क, स्प्रिङ ब्रेकर्स, ओज दि ग्रेट एण्ड पावरफुल आदि फिल्मबाट फ्रान्कोले चर्चा कमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.