उदयपुर सिमेन्टले लक्ष्य नाघ्यो

उदयपुर सिमेन्टले लक्ष्य नाघ्यो

उदयपुर : सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले लक्ष्यभन्दा बढी उत्पादन र बिक्री गरेको छ।  चालू आवको ५ महिनामा ४४ हजार ५ सय मेट्रिकटन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेकोमा ५२ हजार ४ सय ४० मेट्रिकटन उत्पादन गरेको गरेको छ। 

६ लाख ५ हजार ८ सय ७९ बोरा बिक्री गर्ने लक्ष्य उद्योगले लिएको थियो। तर ६ लाख २६ हजार ३ सय ६० बोरा बिक्री भएको महाप्रबन्धक गोपी न्यौपानेले बताए। हिउँद र क्लिनसेल फेर्ने बेलासमेत बजारमा सिमेन्ट अभाव हुन नदिने गरी काम भइरहेको न्यौपाने बताउँछन्। 

‘मंसिरमा १५ हजार १० मेट्रिकटन क्लिंकर उत्पादन गर्न सफल भयौं। यो चालू आवको सबैभन्दा बढी हो,’ न्यौपानेले भने।  बिक्री विभाग प्रमुख रामबहादुर जीसीका अनुसार यहाँबाट उत्पादित गैंडा छाप सिमेन्ट गुणस्तरीय छ। साउनमा ९ हजार ५, भदौमा १२ हजार १०, असोजमा ६ हजार ४ सय २०, कात्तिकमा १० हजार १० मेट्रिकटन क्लिंकर उत्पादन भएको छ। 

असोजबाहेक सबै महिनामा लक्ष्यभन्दा बढी क्लिंकर उत्पादन भएको उद्योगको तथ्यांकले देखाएको छ। मंसिरमा १० हजार ५ सय ३४ मेट्रिकटन उत्पादन र १ लाख ९२ हजार ६ सय १५ बोरा बिक्री भएको छ। 

हिउँदमा माग ह्वात्तै बढ्ने भएकाले त्यसलाई लक्षित गरी तयारी थालिएको महाप्रबन्धक न्यौपानेले बताए। उत्पादन क्षमता दैनिक ८ सय मेट्रिकटन छ। कुशल नेतृत्व नहुँदा धराशायी बनेपछि मन्त्रालयले निजीकरणको प्रस्ताव अघि सारेको थियो। तर, मजदुरको चर्को दबाबपछि निजीकरण हुनबाट जोगिएको थियो। अनियमितता र कार्यकर्ता भर्ती केन्द्रको अखडा बनेको उद्योग सुधार हँुदै गएको कर्मचारी बताउँछन्। 

मन्त्रालयले ऋण सहयोग दिनासाथ क्षमता विस्तार गरिने न्यौपानेले बताए। कबाडी सामानबाट उद्योगले ५ करोड ४९ लाख आम्दानी गरेको छ। २५ वर्षदेखि यत्रतत्र छरिएका कबाडी सामान लिलाम बिक्री गरी ठूलो रकम भिœयाएका हौं।’ 

उपदान कोषमा १० करोड  
कर्मचारीले उपदानका लागि सिमेन्ट बिक्रीको समय कुर्नु नपर्ने भएको छ। यसका लागि उद्योगले भर्खरै १० करोडको उपदान कोष स्थापना गरेको छ।

सेवानिवृत्त कर्मचारीलाई कोषबाटै भुक्तानी दिन थालेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताए। २०७७ माघपछि अवकाश प्राप्त कर्मचारीलाई यही महिनाको अन्तिमदेखि भुक्तानी प्रक्रिया अघि बढाइएको छ। उद्योगले इँटा झरिरहने समस्यालाई समाधान गर्न क्लिन सेल फेर्ने तयारी गरेको छ। 

क्लिन सेल भारतको सिम्प्लेक्स कम्पनीले उत्पादन गरिरहेको छ। चैतभित्र जडान गरिसक्ने योजना छ। क्लिन सेलको जोइनिङमा देखिएको समस्यालाई मर्मत गरि उत्पादनलाई नियमित गरिएको उनले बताए। महाप्रबन्धक न्यौपानेले विदेशी लगानी जुटाउन अध्ययनसमेत सुरु गरेका छन्। 

११ महिनाअघि जिम्मेवारी सम्हालेका न्यौपानेका लागि उद्योगभित्रको भ्रष्टाचार र विकृति निकै चुनौती थियो। पार्टपुर्जा खरिद र मजदुर युनियनका नाममा हुने बेथितिले थिचिएको थियो। तर, अहिले उद्योगको सुशासनमा निकै सुधार गर्दै लगेका छन्। २०४४ सालमा स्थापित उद्योग कम्पनी रजिस्ट्रारको कार्यालयमा अध्यावधिकसम्म थिएन। 

१४ वर्षदेखि साधारणसभा हुन सकेको थिएन। महाप्रबन्धक न्यौपानले उद्योग अध्यावधिक गरेका छन्। लिलाम भएको दुई कट्ठा १७ धुरसमेत ३३ बिघा जग्गा फुकुवा गरी सबै जग्गा हालसाबिक गरिएको बिक्री विभाग प्रमुख जीसीले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.