प्याराग्लाइडिङ अघिअघि गिद्ध र चील पछिपछि

प्याराग्लाइडिङ अघिअघि गिद्ध र चील पछिपछि

पोखरा : पोखराको आकाशमा चरा झैं कावा खाँदै स्वदेशी तथा विदेशी पर्यटक रमाउने गर्छन्। यसरी प्यारामा उडेर अन्नपूर्ण, धौलागिरि, फेवाताल र पोखरा बजारको दृश्यावलोकन गर्ने मात्र होइन विश्वमै लोपोन्मुख गिद्धसँगै उडानसमेत भर्न पाउँदा पर्यटक दंग पर्ने व्यवसायी बताउँछन्।  

चरा त्यसमा पनि विश्वमै घट्दो क्रममा रहेका गिद्धले आकाशमा प्याराग्लाइडिङ गरिरहेको बोलामा पछ्याउँदा अद्भुत रमाइलो हुने नेपालकै पहिलो व्यावसायिक प्यारापाइलट राजेश बमजन सुनाउँछन्। विशेषगरी जाडो याममा मांशाहारी चरा गिद्ध, चील, महाचीललगायत पोखराको आकाश हुँदै बसाइँसराइ गर्ने गर्छन्। यही मेसोमा गिद्ध, चीलहरू पोखराको आकाशमा उडिरहेका प्याराग्लाइडरलाई पछ्याएर रमाउने गरेको बमजनले बताए। 

चरा र प्याराग्लाइडिङ दुवै तातो हावा थर्मललाई प्रयोग गर्दै उड्ने भएकोले कतातिर तातो हावा छ त्यतैतिर उडानका क्रमममा गिद्धले पनि प्याराग्लाइडरलाई पछ्याउने गरेको उनले सुनाए। यतिबेला पोखराको आकाशमा पाँच प्रजातिका गिद्धले प्याराग्लाइडरलाई पछ्याउने गरेको पनि उनले बताए। हिमाली, डंगर, सेतो गिद्धलगायतका गिद्धले उडानका क्रममा पछ्याएर उडानलाई झनै अद्भुत बनाउने गरेको उनले सुनाए। विदेशी र स्वदेशी पर्यटक यसरी गिद्ध र चीलले पछ्याउँदा निकै रमाउने पनि उनले बताए। 

हामीले सधैं जमिनबाट चरा देख्छौं। आकाशबाट आफूभन्दा तल र चरासँग उडान भर्दाको रमाइलो शब्दमा भन्न नसकिने उनले बताए। यसरी उडानको क्रममा गिद्ध साथी जस्तै भएर नजिकनजिक उडान भर्ने गरेको प्यारापाइलट बताउँछन्। आकाशबाट १५, २० थरीका चरा अवलोकन गर्न सकिने पनि उनले बताए। फेवाताल किनारमा अवतरणको क्रममा पानी चरासँग पनि साक्षात्कार हुने उनले बताए। यसरी पोखराको आकाशमा प्यारामा उडान भर्नु जस्तो रमाइलो विश्वको अरू कुनै कुनामा नहुने भएकोले पोखराको प्याराग्लाइडिङको छुट्टै विशेषता रहेको प्यारापाइलट दामोदर पराजुलीले सुनाए। 

पोखरामा यतिबेला अन्तरिक पर्यटक र भारतीय पर्यटकको आवागमन बढेको छ। अंग्रेजी नयाँ वर्ष नजिकिएसँगै पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न मनाउने सडक महोत्सवका कारण पनि पर्यटकको चहलपहल क्रिसमस सुरु सँगै हुने गर्दछ। यसैको प्रभावले यतिबेला पोखराको आकाशमा शुक्रबार मात्र चार सय प्याराग्इलाइडिङ उडान भइरहेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए। 

पोखरामा ६४ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता छन्। ३ सय ५० जना प्यारापाइलटले रोजगारी पाएका छन्। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ व्यवसाय के हुने भन्ने बहस यतिबेला चलेको छ। नेपाल नागरिक उड्यान प्राधिकरणका अधिकारीले प्याराग्लाइडिङ र अन्तर्राष्ट्रिय उडान एकै समयमा हुन नसक्ने बताउँदै आएका छन्। व्यवसायीले भने अन्तर्राष्ट्रिय अभ्यासमा यो सम्भव भएकोले पोखराको प्याराग्लाइडिङलाई जोगाउनुको विकल्प नरहेको बताउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.