बहिरा बिद्यार्थी र शिक्षकलाई पोशाक वितरण

बहिरा बिद्यार्थी र शिक्षकलाई पोशाक वितरण

स्याङ्जा : स्याङ्जा मुस्लिम युथ क्लबले बहिरा विद्यालयका बिद्यार्थी र कर्मचारीगरी ३० जनालाई विद्यालय पोशाक उपलब्ध गराएको छ। पुलतीबजार नगरपालिका-३ स्थित चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २५ बिद्यालय र ५ शिक्षक/कर्मचारीलाई विद्यालय पोशाक  प्रदान गरेको हो । 

पोशाक प्रदान गर्दै विद्यालय भवन निर्माणका जग्गादाता एवं विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अमिरबक्स मियाले सबैको सहयोगबाट विद्यालय सञ्चालन भएको बताए । ‘अन्य सबल ब्यक्ति झैं बहिरा बालबालिकाको शिक्षा, दिक्षा, हेरचाह तथा संरक्षण गर्न निकै कठिन र चुनौती छ।’ उनले भने, ‘यी अवोध बालबालिकाको शिक्षा, स्वास्थ्य र गासबासलाई राज्यले बिशेष ध्यान दिनुपर्छ।’ विद्यालय तथा परिसरको सुरक्षार्थ तारबार गर्नु तत्काल आवश्यक भएको उनले बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुलसीराम रेग्मी, स्थानीयबासीहरु  कुमबहादुर गुरुङ, श्रीराम उपाध्याय र सीता गोदार, ट्रेड यूनियन कांग्रेसका महासचिव दिर्घनारायण शर्मा, अलि मोहम्मद मिया, कमलकान्त उपाध्याय,  उद्योग वाणिज्य संघका कोषाध्यक्ष शा खालिद, स्याङजा युथ क्लबका अध्यक्ष सागिर अलि, महासचिव मुबारक मिया  लगायतले फरक क्षमताका यी बालबालिकालाई आउँदा दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए। 

विद्यालयमा अध्ययनरत २५ जना छात्रछात्रा र ५ जना शिक्षकलाई स्कुल पोशाक, जाडोका पोशाक हाइनेक प्रदान गरिएको हो । झण्डै १० वर्षअघि स्थानीय समाजसेवी अमिरबक्स मियाले १ रोपनी ६ आना र स्वर्गिय राम शाहका स्मृतिमा आमा बेलकुमारी शाहीले ९ आना जग्गा निःशुल्क दिएपछि त्यहाँ आधारभूत तहको विद्यालय र आवासिय भवन निर्माण भएको छ । 

हाल कक्षा ५ सम्म अध्यापन गरिने सो विद्यालयमा २५ जना बहिरा बिद्यार्थी अध्ययरत छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.