मुस्ताङमा जारी सिजनकै पहिलो हिमपात

मुस्ताङमा जारी सिजनकै पहिलो हिमपात

जोमसोम : हिमाली जिल्ला मुस्ताङको ५ वटै स्थानीय तहमा हिमपात भएको छ। मंगलबार दिउँसोबाट मुस्ताङमा हिउँ पर्न सुरु गरेको हो। हिउँ परेसँगै स्थानीयको दैनिकी समेत कष्टकर बनेको छ। 

जिल्लाको लोमान्थाङ, लो—घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मंगलबार परेको हिउँ जारी सिजनकै पहिलो हिउँ भएको जानकारी दिए।

उनका अनुसार गत मंसिरको पहिलो साता उपल्लो मुस्ताङमा आंशिक हिमपात भएपनि तल्लो मुस्ताङको तीन वटा पालिकामा हिउँ पर्न सकेको थिएन।मुस्ताङको सबै स्थानमा हिमपात भएसंगै चिसो अत्यधिक बढेको प्रजिअ शर्माले बताए।‘यो सिजनको हिमपात भएको छ,आज अपरान्ह देखि हिउँ पर्न सुरु गरेको हो,प्रजिअ शर्माले भने,‘ रातभरी पर्‍यो भने पुरै उच्चलेंकदेखि बस्ती सबै हिउले सेताम्मे हुनेछ।’उनले साँझदेखि परेको हिउँ सदरमुकाम जोमसोममा आधा फिट हिउँ परेको छ भने उपल्लो मुस्ताङमा एक फिट जति हिउ परेको प्रजिअ शर्माले उल्लेख गरे।

मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिक्षेत्र आसपास अपरान्हदेखि हिमपात भइरहेको झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब सुवास अधिकारीले जानकारी दिए। उनले हिउँ परेसँगै स्थानीय पर्यटन व्यवसायीमा उत्साह थपिएको बताए। उनका अनुसार मुक्तिनाथका पर्यटन व्यवसायीले मुक्तिनाथ दर्शनसँगै हिउँ हेर्न आउने पर्यटक वृद्धि हुने सम्भावना छ। 

यस्तै, मंगलबार हिमपात भएसँगै उपल्लो मुस्ताङमा उच्चलेंकदेखि बस्ती सबै हिउँले सेताम्मे बनेको सीमा प्रहरी कार्यालय लोमान्थाङका ईञ्चार्ज असई रमेश थापाले जानकारी दिए। उनका अनुसार उपल्लो मुस्ताङमा मंसिरको पहिलो सातादेखिनै चिसो अत्यधिक बढेको भएपनि अपेक्षा अनुसार हिउँ पर्न सकेको थिएन। उपल्लो मुस्ताङमा दोश्रो पटक हिमपात भएको बताए।

स्थानीय किसान उत्साहित 
मुस्ताङमा जारी सिजनको पहिलो हिमपात भएपछि स्थानीय किसान उत्साहित भएका छन्। असोज/कार्तिकमा बोटबाट स्याउ टिपेर रिक्तिएपछि स्याउका बोटहरु उजाड छन्। स्याउबोटमा पात झरेपछि अनाधिकृत फैलिएका हाँगाबिगा काँटछाँट गर्न स्याउ कटिङका साथै स्याउ बगैचा ब्यवस्थापन सुरु हुन्छ। स्याउ बगैचा व्यवस्थापनको तयारी सुरु हुदै गर्दा हिउँ परेपछि स्थानीय किसानमा उत्साह थपिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख ऋषि बरालले जानकारी दिए।स्याउ बगैचा व्यवस्थापन तथा स्याउबारी तथा खेतमा उवा, जौ छर्ने समय हिउँ परेकाले किसानलाई फाइदा पुगेको उनको भनाई छ।‘उपयुक्त समयमा योसिजन हिउँ परेको छ ,हिउँले किसानले लगाएको अन्नबाली सप्रिन्छ,उनले भने,‘ एक/दुई दिन अझै हिउँ पर्‍यो भने हिउँ हेर्न पर्यटक समेत मुस्ताङ आउछन्।’

हिउँदयामको हिउँ स्थानीय किसानका लागि बरदान मानिन्छ। कृषि पर्यटनले महत्वपूर्ण जिल्लाको परिचित मुस्ताङमा स्थानीय रैथानेबालीलाई हिउँले सिन्चित गर्न मद्यत पुग्ने गर्छ। हिउँले अन्नवाली तथा स्याउको बोटको जरासम्म सिन्चित गर्दै जमिनको सतहलाई रिचार्ज गर्ने भएकाले हिउँदको हिउँले किसानलाई फाइदा पुर्‍याउने गर्छ। 
यस्तै, हिउँले स्याउ लगायतका अन्नबालीमा लाग्ने  विभिन्न रोग संक्रमणलाई न्यूनिकरण गर्ने भएकाले किसानलाई हिउँ पर्नैपर्ने हुन्छ। एक्यापका कार्यालय प्रमुख बरालले हिउँदयामको हिउँले अन्नबालीलाई अर्गानिक मल तथा औषधिको रुपमा समेत लिन सकिने बताए।

केही वर्षदेखि उपयूक्त समयमा हिउँ पर्न नसक्दा स्याउबोटमा विभिन्न रोग संक्रमण देखा परेको कृषिज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। उनले यो वर्ष हिमपात भएकाले स्याउ तथा अन्य कृषिबालीको उत्पादन तथा गुणस्तर वृद्धि हुने जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.