बाजुरामा हिमपात, जनजीवन प्रभावित

बाजुरामा हिमपात, जनजीवन प्रभावित

बाजुरा : बाजुरामा मंगलबार राति देखि हिमपातशुरु भएको छ । उच्च लेकाली क्षेत्रमा हिमपात र बेँसी तिर पानी परेपछि चिसोले बाजुरालीको जनजीवन प्रभावित भएको छ । 

पौष १३ रातिबाट उच्चहिमाली क्षेत्रमा हिउँपर्न शुरु भएको थियो । १४ गते बिहान बाजुरा जिल्ला सदरमुकाममै हिउँपर्न थालेको छ । चिसोले जनजीवन कष्टकर बन्नुका साथै दैनिक कामकाजमा समेत समस्या भएको बडिमालिका नगरपालिका-७ का वडा अध्यक्ष धर्मराज उपाध्यायले बताए । 

भारी वर्षाले बाजुराका ग्रामीण सडकहरु बन्द भएका छन् । हिमपात र अत्याधिक वर्षाका कारण मार्तडी-कोल्टि सडक बन्द भएको छ भने अन्य ग्रामीण सडकहरु हिलाम्मे भएर अवरुद्ध भएको जय मालिका यातायात प्रालिका कर्मचारी चक्र बडुवाले जानकारी दिए ।  

यातायात बन्द हुँदा कामको लागि सदरमुकाम आवत जावत गर्नेलाई समस्या भएको स्थानीय बडुवालले बताए । बढि जसो समस्या बिरामी बालबालिका र बृद्धबृद्धाहरुलाई भएको छ ।  पूर्वी उत्तरी क्षेत्रको कोल्टिमा रहेको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिबाट रिफर गरेका बिरामीहरुले बढि समस्या भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर प्रकाश जोशीले बताए । 

यातायात बन्द भएपछि  ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए । मार्तडी कोल्टि सडक खण्डको पोरखे लेकमा ५ फिट भन्दा बढि हिउँ जमेकोले जिल्लाको उत्तरी क्षेत्र कोल्टि र छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोटका स्थानीयहरु बिचबाटोमा अलपत्र परेका छन् । 

विद्यालयको पढाई प्रभावित
लगातारको हिमपात र वर्षाले हिमाली क्षेत्रका विद्यालयमा पढाई अवरोध भएको छ । स्कुल संचालन त गरेको छु चिसोले बालबालिकाहरु पढ्नै नआउने, आएकाहरुलाई पनि आगो बालेर तताउनु पर्ने अवस्था रहेको बडिमालिका नगरपालिका-७मा रहेको सरस्वती आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए । 

बिद्यार्थीहरुको वार्षिक परिक्षा आउन दुई महिना पनि बाँकी छैन् । स्कुलमा राम्रोसंग पढाई नभएको कति दिनसम्म बाधा हुने हो, पानी र हिउँ कति दिन आउने हो प्रधानाध्यापक धामीले बताए । जिल्लाका बडिमालिका, बुढिनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमूल, खप्तड छेडेदह गाउपालिकको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्थाहरु प्रभावित भएका जिल्ला शिक्षा एकाइले जानकारी दिएको छ । 

टेलीफोन सेवा अवरुद्ध

लगातारको हिमपातसंगै आएको पानीका कारण बाजुराको पूर्वी उत्तर क्षेत्रको टेलिफोन सेवा अवरोध भएको छ । पुस १२ गते देखि मौसम बदली भएर बाजुराका उच्च हिमाली क्षेत्रमा हिउँ पर्नुका साथै बेँसी तिर आएको पानीले गर्दा टेलिफोन सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख पदम बडालले बताए । बडिमालिका नगरपालिकाको पोरखे लेकको कालाजाग्रामा रहेको रिपीटर टावरमा हिउँ जम्यो, घाम नलाग्दा ब्याट्रीमा भएको चार्ज सकिए पछि समस्या भएको नेपाल टेलीकम बाजुराले जनाएको छ ।  

‘टावर भएको क्षेत्रमा बिजुली छैन, सोलारका चार्ज सकेको छ । तीन दिन भयो घाम लागेको छैन् बडालले भने ।’ टेलिफोन बन्द हुँदा बाजुराका बुढिनन्दा नगरपालिका, जगन्नाथ, स्वामी कार्तिक खापर, हिमाली गाउपालिकाका सेवाग्राहीहरुलाई समस्या भएको हिमाली गाउपालिका-६ का स्थानीय गोरख सार्कीले बताए । 

चोरी शिकारी बढ्दो
लगातारको वर्षासंगै उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चोरी शिकारी बढ्दो छ । वर्षा भएसंगै यो वर्ष पनि चोरीशिकारी बढ्न थालेको छ गत वर्ष फागुनमा त्रिबेणी नगरपालिकामा चोरी शिकारी गर्ने २ जनालाई भरुवा बन्दुकसहित बडिमालिका प्रहरी चौकीले पक्राउ गरेको थियो । 

किसान खुशी 
लगातारको खडेरीले बालीनाली सुक्दै गएको बाजुराका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसंगै मंगलबार दिउँसोदेखि पानी परिरहेको छ ।  

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको बडिमालिका नगरपालिका-४का अगुवा किसान हर्क नाथले बताए । यो वर्षाले हिउँदे बाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ । उनले भने, यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।

वर्षाले गहुँ लगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको बाजुरा जिल्ला कृषि ज्ञानकेन्द्र बाजुराका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत्त मीनप्रसाद जैशीले बताए । लामो समयको खडेरीपछि परेको पानीले केहि मात्रामा भए पनि बालीनालीका लागि राम्रो हुने भएको जैशीले बताए । उनले भने वर्षाले सिचाई नहुने ठाउँका किसानलाई बढि फाईदा भएको छ भने हिउँदे फलफुलको लागि खाल्टा खन्नु पर्ने समय आएको थियो धेरै फाईदा भएको बताए । 

बाजुरा जिल्लाका सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केहि ठाउँमा गहुँ छर्ने तयारीसमेत भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.