सिरहामा जनमत पार्टीको प्रदर्शन, राजमार्ग ठप्प

सिरहामा जनमत पार्टीको प्रदर्शन, राजमार्ग ठप्प

सिराहा : जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव सिरहामा पनि परेको छ। जनमतका कार्यकर्ताले बिहानैदेखि सिरहाको लहान क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका कारण राजमार्ग ठप्प भएको छ। लहानमा कार्यकर्ताले उखु बोकेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले लाठी बोकेर राजमार्ग अवरोध गरिरहेका छन्। महिला कार्यकर्ताहरू पनि आन्दोलनमा सहभागी छन्।

उनीहरूले किसानको माग पूरा गर, प्रहरी दमन बन्द गर, किसानलाई मलखाद नदिने सरकार मुर्दावादजस्ता नारा लगाइरहेका छन्। किसानलाई सिंचाईको व्यवस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.