अधिवेशनकालागि एमाले उदयपुरको २० रुपैयाँ अभियान

अधिवेशनकालागि एमाले उदयपुरको २० रुपैयाँ अभियान

उदयपुर : नेकपा एमाले उदयपुरले २० रुपैयाँ अभियान सुरु गरेको छ । ८औँ जिल्ला अधिवेशनलाई लक्षित गरी एमालेले संगठित सदस्य, प्रतिनिधि र जनप्रतिनिधिलाई दायित्व तोकेर खर्च व्यवस्थापन गर्न लागेको हो । 

अधिवेशन तयारीका सन्दर्भमा शुक्रबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष इश्वरमणि राउतले खर्च व्यवस्थापनका लागि प्रत्येक संगठित सदस्यबाट अनिवार्य २० रुपैँया जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको बताए । 

‘अधिवेशन भन्नसाथ खर्च जोडिन्छ, उनले भने, ‘सधै उही कार्यालय, उहीँ दातासँग माग्दा पार्टी प्रति नकारात्मक दृष्टिकोण जाने भएकाले यसपटक फरक शैली अपनाएका हौ । यसोगर्दा पार्टी कार्यकर्तालाई समेत अपनत्व महशुस हुनेछ र त्यहीँ ढंगले खर्चको व्यवस्थापन हुने उनले बताए ।

उदयपुर एमालेमा ८ हजार ४४५ जना संगठित सदस्य छन् । संगठित सदस्यबाट मात्र १ लाख ६८ हजार ९०० रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । त्यसैगरी अधिवेशनमा जिल्लाभरबाट ७ सय प्रतिनिधि सहभागि हुँदैछन् । प्रत्येक प्रतिनिधिलाई १ हजार दायित्व तोकिएको छ । यसबाट ७ लाख रुपैँया जम्मा हुने अध्यक्ष राउतले बताए । 

यसका अलवा पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिलाई एक महिनाको सुविधा उपलब्ध गराउने गरी जिल्ला कमिटीको निर्णय भएको उनले बताए । जिल्लामा तीन जना प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख २ जना, नगरपालिकाका मेयर र उपमेयर २,२ गरी ४ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २,३ गरी ५ जना रहेका छन् ।

त्यसैगरी ८ वटा स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा १६९ जना एमालेका जनप्रतिनिधि रहेका छन् । त्यसमध्ये २६ जना वडाध्यक्ष रहेका छन् । सबैसँग एक महिनाको सुबिधा माग गरिएको अध्यक्ष राउतले बताए । सदरमुकाम गाईघाटमा पुस २३ देखि २५ गतेसम्म तीन दिन चल्ने अधिवेशनमा ८ देखि १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको उनले बताए । 

अध्यक्ष राउतले मजबुत बन्दै गएको एमालेलाई कमजोर बनाउन यतिबेला सबै शक्तिहरु एक ढिक्का भएर प्रहार गरिरहेकाले त्यसविरुद्ध सशक्त भएर उभिन यो अधिवेशन सर्वसहमत नेतृत्व चयनको खोजीमा रहेको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्र्चाज मन्जुकुमारी चौधरीले भावनात्मकरुपमै एमाले एक ढिक्का छ भन्ने सन्देश दिने गरी अधिवेशन सम्पन्न हुने बताए । उनले अधिवेशन मूलत पार्टी शुद्धीकरण र सुदृढिकरण केन्द्रित रहने बताईन् । 

केन्द्रिय सदस्य तथा उदयपुर सहइन्र्चाज अम्बिका थापाले समायोजना प्रकृयाबाट आएका नेता कार्यकर्ताको बलियो उपस्थिति जनाउन त्यहीँ किसिमका विधी प्रकृया, कोटाको व्यवस्था गरेको बताईन् । अधिवेशन तयारीका लागि विभिन्न ५ वटा उपसमिति बनाईएको छ । अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिब १।१ र दुई उपसचिब गरी १०५ जनाको जिल्ला कमिटी छनौट हुने जनाएको छ । 

लोगो सार्वजनिक 

नेकपा एमाले उदयपुरले आठौँ जिल्ला अधिवेशनलाई लक्षित गरी तयार गरेको लोगो सार्वजनिक गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको भौगोलिक अवस्था, प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरलाई समेटेर तयार पारेको लोगो सार्वजानिक गरेको हो । लोगोको सबैभन्दा माथि पार्टीको चुनाव चिन्ह सुर्य, त्यसमुनी हसिया हतौडा अंकित झण्डा रहेको छ ।

त्यसैगरी लोगो भित्र विशेषगरी ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र रौतापोखरी, देशकै सबैभन्दा ठूलो उदयपुर सिमेण्ट उद्योग, जिल्लाकै सबैभन्दा अग्लो ठाउँ चित्रेथान टावर, सबै जातजातीलाई समेटेर तयार पारेको कटारीको भूगोलपार्क, धार्मिक आस्था बोकेको त्रियुगा नदी, सेन वंशले राज्य गरेको चौदण्डिगढी दरबार, सप्तकोसीमा सञ्चालित जेटवोट, धार्मिक आश्थाको केन्द्र राधाकृष्ण मन्दिरका तस्विरहरु राखिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.