ताप्लिमा कृषि मेला

ताप्लिमा कृषि मेला

उदयपुर : कृषि पेसा प्रति किसानलाई आकर्षित गर्न उदयपुरको ताप्लि गाउँपालिकाले पहिलोपटक बृहत कृषि प्रर्दशनी मेला आयोजना गरेको छ । छरिएर रहेका किसानलाई कृषि पेसामा गोलबन्द गर्न र जागरुक बनाउन साहास नेपालसँगको सहकार्यमा गाउँपालिकाले रुपाटारमा पालिका स्तरीय कृषि जैविक विविधता प्रर्दशनी आयोजना गरेको हो । 

मेलामा गाउँपालिका भरिका किसानले आफूले उत्पादन गरेका कृषि बाली तथा पशुपन्छी प्रर्दशनमा ल्याएका थिए । मेलामा कृषितर्फ ईन्द्रबहादुर शाही र पशुपन्क्षीतर्फ रामबहादुर हमाल उत्कृष्ट किसान घोषणा भएका छन् । 

यस्तै प्रर्दशनी तर्फ कृषीबाली अन्र्तगत कृष्णबहादुर तामाङ र पशुतर्फ भिमबहादुर तामाङ र कल्पना खड्का र पन्क्षीतर्फ हरीबहादुर ज्यु ठकुरी पुरस्कृत भएका छन् । उनीहरुलाई कृषिजन्य सामग्रीसहित ताप्ली गाउँपालिकाका प्रमुख उद्धवसिंह थापाले प्रमाणपत्र प्रदान गरे । 

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले गाउँपालिकाले पहिलो पटक आयोजना गरेको कृषि मेलामा उल्लेख्य मात्रामा कृषकहरुको सहभागिता रहेको भन्दै कृषि क्षेत्रको प्रर्बधनका लागि गाउँपालिका सदैब लागि पर्ने बताए ।

उनले भने, ‘एक सिजनमा उत्पादन भनेर निरुत्साही नहुनुस, व्यवसायिकरुपमा लागि पर्नुस सफलता हात पर्ने नै छ, त्यसैले उत्पादनमा समस्या पालिकाले सहयोग गर्छ । किसानको बलबाट मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको बताउँदै अध्यक्ष थापाले किसानलाई कृषि पेसामा प्रोत्साहन गर्न स्थानीय सरकारले चाँडै योजना बनाएर अघि सर्ने बताए । 

उनले किसानलाई कृषीजन्य बस्तु तथा पशुपन्क्षी उत्पादनमा सदैव सहयोग गरेको स्मरण गर्दै बजार व्यबस्थापनका लागि समेत लागिपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा सहयोगी संस्था साहास नेपालका लिफ्ट परियोजना अधिकृत देबेन्द्र लामालाई पालिका अध्यक्ष थापाले सम्मान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.