मुसहर परिवारलाई न्यानो कपडा वितरण

मुसहर परिवारलाई न्यानो कपडा वितरण

उदयपुर : चिसो बढेसँगै उदयपुरको त्रियुगा नगरपालिका—३ मोतिगडाका विपन्न मुसहर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।  दिनभर कामगर्दा पनि दुई छाकको गर्जो टार्न नसकेका २८ परिवारलाई प्रकृतिपे्रमी समाज उदयपुर र कपडा बैंक गाईघाटले कपडा उपलब्ध गराएका हुन् । बढ्दो सितलहरकाकारण मुसहर बस्तिका सर्वसाधरण कठ्याङ्ग्रीएर काम गर्न नसकेपछि ज्याकेट, सुईटर, जुत्ता लगायतका न्यानो कपडा वितरण गरिएको कपडा बैंकका सञ्चालक दिनेश श्रेष्ठले बताए । 

चिसोले उनीहरुको दैनिकीमा समेत असहजता पुगेको वडाध्यक्ष अवधेशप्रसाद चौधरीले वताए । उनले भने, ‘आर्थिकरुपमा कमजोर भएका जेष्ठ नागरिक चिसोकाकारण कठ्यांग्रीने, बिरामी हुनु थालेपछि सहयोगी संस्थाको खोजी गरी सहयोग गरेका हौ । 

चिसो बढेकाकारण मुसहर परिवार घरबाटबाहिर निस्कन नसकेको, जतिबेला पनि आगो तापेर बस्दा कतिपय अवस्थामा शरिरमा आगोसमेत सल्किने खतरा बढेकाले सुरक्षितसाथ राख्न सहयोग गरेको प्रकृतिप्रेमी समाजका सदस्य भुवन राउतले बताए । वडाभित्र मुसहरको संख्या निकै रहेकाले आर्थिकरुपले विपन्न ज्याला मजदुरी गरिबसेकालाई सहयोग गरिएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.