कलर ग्रेडिङमा जम्दै रेनिस

कलर ग्रेडिङमा जम्दै रेनिस

काठमाडौं : रेनिस फागो नेपाली फिल्ममा कलर ग्रेडिङमा चल्तीको नाम हो। उनले डेढ दशकअघि कलरिष्टका रूपमा करियर सुरु गरेका थिए। रेनिस नेपालमा कलर ग्रेडिङको सुरुवात गर्नेमध्येका व्यावसायिक कलरिष्ट पनि हुन्। 

अहिले नेपाली फिल्ममा कलर ग्रेडिङ विधामा उनी एक बलियो खम्बाका रूपमा छन्। उनको कलर ग्रेडिङका कला नेपालमा मात्र होइन बलिउडका फिल्म र म्युजिक भिडियोमा पनि देख्न पाइन्छ। रेनिसको बुझाईमा पछिल्लो पुस्तामा कलर ग्रेडिङको चासो निकै बढिरहेको छ। त्यहीँ चासोलाई पूरा गर्नका लागि रेनिसले युवाहरूलाई कलर ग्रेडिङ सिकाइरहेका छन्। 

फिल्ममा रंगको संयोजन गरेर त्यसलाई सुन्दर बनाउनुपर्ने भएकाले पनि रेनिसले युवाहरूलाई यो सम्बन्धी प्रशिक्षण दिइरहेका छन्। आफ्नो सम्पर्कमा आएका युवालाई समय मिलाएर कलर ग्रेडिङको विषयमा ज्ञान बाँडिरहेका छन्। फिल्मको कलर ग्रेडिङमा व्यस्त भइरहने रेनिस समय निकालेर नयाँपुस्तालाई सिकाउँछन्। ‘मैले कलर ग्रेडिङबाट नेपाली फिल्मलाई एउटा नयाँ परिवर्तनको दिशामा अगाडि बढाइरहेको छु। त्यहीकारण म जस्तै अन्य युवापुस्ताले पनि सिकाइरहेको छु’, रेनिस भन्छन्।

उनका अनुसार दिनानुदिन युवाहरूले उनलाई फोन तथा म्यासेज गरेर कलर ग्रेडिङ सिकाउन माग गरिरहन्छन्। ‘मैले समय मिलेसम्म सबैलाई आफूले जानेको ज्ञान बाँडेको छु। मैले जसरी नेपाली फिल्ममा योगदान दिएको छु, त्यसरी नै नयाँपुस्ताले पनि फिल्ममा योगदान दिन सकून्’, उनी भन्छन्। रेनिसले सिकाएका विद्यार्थीमध्ये आधादर्जन बढी व्यावसायिक रूपमा कलरिष्टको काम गरिरहेका छन्। यसलाई नै उनीहरूले जीविकोपार्जनको माध्यम बनाइरहेको देख्दा रेनिस खुसी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.