भलिबलको उपाधी मालिका कम्प्युटरलाई

भलिबलको उपाधी मालिका कम्प्युटरलाई

जाजरकोट : डेढ लाख राशीको भलिबल प्रतियोगिता मालिका कम्प्युटर ट्रेड लिंकले जितेको छ। जाजरकोट सदरमुकाम खलंगामा भएको 'रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम' मा आयोजित खुला पुरुष भलिबल खेलमा झर्रा युवा क्लब जुनीचाँदेलाई ३–१ को सेटमा हराउँदै मालिका कम्प्युटरले उक्त पुरस्कार हात पारेको हो।

 
२५–२०, २५–१९, २१–२५ र २५–१९ को सेटमा मालिकाले खेल जितेको हो। नौ टिम सहभागी सेमिफाइनल खेलमा मालिकाले प्रहरीलाई र झर्रा युवा क्लबले नेपाली सेनाको टिमलाई हराएर फाइनलमा पुगेका थिए। 

बिजेता टिमलाई नगद एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिको छ। त्यस्तै उपविजेतालाई ८५ हजार पाँच सय ५५ रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको मेला आयोजक समितिका संयोजक अनिश कार्कीले बताए। सान्त्वना हुने नेपाली सेनाको चन्दननाथ गण र जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई जनही नगद २५ हजार प्रदान गरिएको छ। 

खेल गत मंगलबारदेखि लिक कम नकआउट नियमका आधारमा खेलाइएको थियो। प्रतिस्पर्धात्मक खेल निकै रोचक रहेको थियो। विजेता खेलाडीलाई भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले पुरस्कार प्रदान गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.