मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दिक्षा केसीलाई
काठमाडौं : राजधानीमा शनिबार भएको मिसेस नेपाल वर्ल्ड २०२१ की विजेता दिक्षा केसी बनेकी छन् । त्यसैगरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि उषा रजकले हात पारेकी छिन्।
यस्तै सुनिता लामाले फस्ट रनरअप र राजश्री थापाले सेकेण्ड रनर अपको उपाधि हात पारेकी छन् । एमएस इन्टरनेसनल उपाधि पार्वती गिरीलाई प्रदान गरिएको छ ।
भद्रकालीस्थित आर्मी अफिसर क्लबमा भएको वाइ वाइ मिसेस नेपाल १०२१ कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, महानायक राजेस हमाल, वरिष्ठ अभिनेत्री गौरी मल्ललगायतको उपस्थिति रहेको थियो ।
क्यान्सर सचेतनाको अभियानअन्र्तगत आयोजित प्रतियोगितामा २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।