मर्जितपुरमा प्याराग्लाइडिङ सुरु

मर्जितपुरमा प्याराग्लाइडिङ सुरु

उदयपुर : पर्यटकिय क्षेत्र मर्जितपुरमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सुरु गरिने भएको छ । प्याराग्लाइडिङमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कटारी नगरपालिका-७ मर्जितपुरमा स्थानीय गढिकोट पर्यटन व्यवस्थापन समितिले प्याराग्लाइडिङ सुरु गर्न लागेको हो । 

प्याराग्लाइडिङसँगै जिपलाइन र रक क्लाइबिङ पनि सुरु गरिने भएको छ । केही दिन अघि गरिएको परीक्षण सफल भएपछि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सुरु गर्न लागिएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । माथिल्लो सगरमाथा सोलु, ओखलढुंगा र खोटाङ्गको प्रवेशद्धारको रुपमा रहेको कटारी क्षेत्र पर्यटकिय हिसाबले निकै अगाडि छ । 

कटारीबाट सोलुमा हिउँ खेल्न जाने, खोटाङ्गको हलेसी मन्दिर जाने र युगकवि सिद्धीचरण श्रेष्ठको जन्मथलो जाने पर्यटकहरुको आवतजावत हुने गरेकाले आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने गरी पर्यटकिय क्षेत्रको विकास गरिएको मेयर श्रेष्ठले बताए । प्याराग्लाइडिङ, जिपलाइन र रक क्लाइबिङको रौनकसँगै सिमसार क्षेत्रमा बोटिङ्ग, भूगोलपार्क, महादेवको गुफा, वेतेनी डाँडाको चिसोमौसम र दृश्यावोलकनको मनोरञ्जन लिन सकिने उनले बताए । 

७५० मिटरको उचाईमा रहेको मर्जितपुर उडानगरी २५० मिटर तल रहेको सिमसार क्षेत्र आसपासमा अवतरण गर्ने गरी तयारी थालिएको उनले बताए । यसबाट स्थानीय ठाउँको पहिचान र पर्यटकीय क्षेत्रको विकासमा मद्दत पुग्ने जनाइएकोछ । 

प्याराग्लाईडिङको एक कार्यक्रमकाबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भिमकुमारी राउतले उडान भर्दै सुरु गरेका हुन् । ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको गढिकोटको पहिँचान, प्रर्वद्धन र प्रचार–प्रसारकालागि प्याराग्लाईडिङले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेयर श्रेष्ठले बताए । 
उनले भने, ‘कटारी नगरपालिकाको पर्यटकिय क्षेत्रको विकास, पहिचान र नगरको समृद्धीका लागि प्याराग्लाईडिङ पर्यटन प्रवद्र्धनको अभियान हो, गढीकोट मात्र हैन् यसपछि नगर क्षेत्रमा धेरै पर्यटकिय क्षेत्र छन् तिनीहरुलाई यसरी नै समेट्दै जानेछौ ।’

समुद्री सतहबाट ७५० मिटरको उचाईमा रहेको यो क्षेत्र प्राविधिक हिसाबले पनि प्याराग्लाइडिङको लागि उपयुक्त रहेको गढिकोट पर्यटन व्यवस्थापन समिति कटारीका अध्यक्ष सुर्य लामाले बताए । उनले भने, ‘जिपलाईन र रक कल्याइबिङ स्थानीय आमखुई भिरबाट सुरु गरिएको छ ।’ 
स्थानीय युवाहरुले सुरु गरेको अभियानलाई स्थानीय सरकारले सहयोग गरेको उपमेयर भिमकुमारी राउतले बताईन् । नगरपालिकाले प्याराग्लाइडिङको उडान परीक्षणदेखि त्यसलाई व्यवस्थापन गर्ने सम्मको सहयोग गरेको उनले बताईन् । गढिकोटमा पहिलो पटक पर्यटन प्रवद्र्धनको कामको सुरुवात भएकाले यस क्षेत्रको पर्यटनको संभाव्यता अध्ययन गरेर गुरुयोजनानिर्माण गरी अघि बढ्ने उमेयर राउतले बताईन् । 

पर्यटन प्रवद्र्धनका लागि स्थानीयले होमस्टेसमेत संचालनको तयारी गरेको मेयर श्रेष्ठले बताए । तामाङ समुदायको बाहुल्यता रहेको मर्जितपुरमा स्थानीय परिकार तथा सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले होमस्टेमार्फत पर्यटकको स्वागतगर्ने तयारी गरेको उनले बताए । मर्जितपुर प्याराग्लाइडिङका लागि नेपालकै उत्कृष्ट ठाउँ रहेको परीक्षणका लागि आएका द बाबु एडभेन्चर इन्टरनेशनल स्कुल स्याङ्गजाका प्रशिक्षक दिलकुमार सुनुवारले बताए ।

उनले भने, ‘नेपालकै पहिलो ठाउँ हो, जुन स्थानबाट प्याराग्लाइडिङको उडान र अवतरण एकै ठाउँमा हुन्छ त्यसैले मर्जितपुरमा प्याराग्लाइडिङको प्राविधिक हिसाबले उपयुक्त छ ।’ स्थानीयस्तरमा पर्यटनको संभावनाको खोजी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई जोड्ने हो भने स्थानीयले लाभ उठाउन सक्ने कटारी नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले बताए । कटारी नगरपालिका पर्यटनको प्रचुर संभावना रहेकाले यस्ताखालका प्रविधि र पर्यटक लोभ्याउने गतिविधीले अझ बढी सम्भावना बढ्ने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.