घरबाट खसेर मृत्यु
बेनी : म्याग्दीको बेनी नगरपालिका-७ मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर सोमबार एक जनाको ज्यान गएको छ ।
तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२/३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेनी अस्पताल पुर्याउदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले जानकारी दिए । घाइते पुनलाई प्रहरी र स्थानीयबासीले उद्दार गरेर अस्पताल पठाएका थिए ।
मृतक पुन सो घर निर्माणमा मजदुरको रुपमा काम गर्दथे । मृतकको शब परिक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।