५ दिनदेखि भैरहवा–भूमही सडक बन्द

५ दिनदेखि भैरहवा–भूमही सडक बन्द

परासी : डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि पश्चिम नवलपरासीको भैरहवा–भूमही सडकखण्ड बन्द गराउँदै आएका छन् । छोटो दूरीका पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडक खण्ड हुँदै आवतजावत गर्ने गरेका छन् । 

परासी सदरमुकामको कसियास्थित प्रहरी बिट अगाडि बसेर उनीहरुले सडक बन्द गराउँदै आएका छन् । प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दूरीमा बसेर सवारीसाधनलाई रोकेर राखेको छ ।  

१५/२० जनाको समूहमा रहेका जनमत पार्टीका कार्यकर्ताहरुले दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन् । जसका कारण सो सडक खण्डमा चल्ने सवारीसाधन ८ घण्टासम्म सडकमै रोकिन बाध्य भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.