स्याङ्जा एमाले अधिवेशन : झण्डैं ९ वर्षपछि हुँदै, तयारी पूरा
स्याङ्जा : नेकपा एमाले स्याङ्जाले अधिवेशनको तयारी पूरा भएको बताएको छ। स्याङ्जा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै एमालेले ८आैं अधिवेशनकाे तयारी पूरा भएकाे र अधिवेशन २३ गतेबाट हुने जानकारी दिएकाे हाे ।
झण्डै ९ वर्षपछि जिल्ला अधिवेशनमा जुटेको हो एमाले । एमालेले २०६९ साल माघ २६ गते ७ औं अधिवेशन गरेको थियो । सातौं अधिवेशनले पदमा अर्याललाई निर्वाचित गरेको थियो। त्यसपछि उनी केन्दीय सदस्यमा निर्वाचित भएपछि कार्यवाहक मिनप्रसाद गुरुङ्ले पाएका थिए।
त्यसपछि एमाले र नेकपा माओवादीबीच एकता भयो। स्याङ्जा एमालेको अध्यक्ष हुने अवसर सूर्यप्रसाद गैह्रे पारसले पाएका थिए । उनी अहिले पनि नेकपा एमालेका अध्यक्ष पनि हुन् ।
अधिवेशन सम्पन्न गर्न विभिन्न १० उपसमिति निर्माण गरिएको छ। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उससचिव सहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ।
स्याङ्जामा १३ हजार ६ सय ६५ संगठित सदस्य रहेको र ७ सय ३० प्रतिनिधि चयन भएका छन्। यहाँका ९७ वडा, ११ पालिकामा संगठित सदस्यका आधारमा प्रतिनिधि छनौट गरिएका हुन्।