एमाले सिन्धुलीको अध्यक्षमा कुमार कार्की विजयी

एमाले सिन्धुलीको अध्यक्षमा कुमार कार्की विजयी

सिन्धुली : नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की (रामकुमार) निर्वाचित भएका छन् । ४८८ मत ल्याएर कार्की अध्यक्षमा विजयी भएका हुन् । कार्कीका प्रत्यासी उम्मेद्वार प्रदिप कटुवालले ४०८ मत प्राप्त गरे । कटुवाल निवर्तमान जिल्ला अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हुन् । विजयी कार्की कटुवालका आफ्नै जेठान हुन् । उनी यसअघि राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष समेत थिए ।

यस्तै जिल्ला कमिटी उपाध्यक्षमा कर्णबहादुर घिसिङ ४४९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी विनोद खड्काले ४०४ मत प्राप्त गरे । उपाध्यक्षका अर्का उमेद्वार जगदिश्वर तोलाङ्गेले २१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पारजित खड्का पनि बागमती प्रदेश सभाका सदस्य हुन् ।

सचिवमा नारायण बराल निर्विरोध चयन भएका थिए । उपचिवमा रश्मिला देवकोटा र मञ्जु देवकोटा विजयी भएका छन् । मन्जु कमलामाई नगरपालिकाकी उपमेयर हुन् ।

आइतबार भएको मतदानको मतगणना सोमबार बिहान सम्पन्न भएको हो । खुल्ला तथा समावेशी सदस्यहरुको मतगणा बाँकी छ । बाँकी सदस्यहरुको मतगणा सोमबार दिउँसो १ बजेबाट सुरु हुने नेकपा एमाले जिल्ला कमिटी निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम दाहालले जानकारी दिए ।

निर्वाचनमा ९ सय ३ मत खसेको थियो । एमाले जिल्ला कमिटी सदस्य पदका लागि युवाहरुबीच प्रतिस्पर्धा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.