कालीगण्डकीका ६८ वर्षीय थापा ३ सातादेखि बेखबर

कालीगण्डकीका ६८ वर्षीय थापा ३ सातादेखि बेखबर

स्याङ्जा : कालीगण्डकी गाउँपालिकाका-५का ६८ वर्षीय मोहनसिंह थापा गत ३ सातादेखि बेखबर छन्।

मंसिर २८ गतेदेखि बृद्ध बुवाको अवस्था अज्ञात भएपछि उनका छोरा थमबहादुर थापाले खोजीकार्यका लागि प्रहरी कार्यालय र सञ्चारमाध्यममासमेत सूचित गराए। तर पनि अझैं उनका बुवाको अवस्था अज्ञात नै रहेको छ। 

बुढ्यौली शरिर, कान कम सुन्ने, बोल्दा रोकिएर बोल्ने, उच्च रक्तचापको औषधी खाने, एकसुरे स्वाभाव रहेकाले आफूहरुलाई झनै चिन्तित बनाएको छोरा थमबहादुरको भनाई छ। 

उनले भने, ‘छरछिमेक, आफन्त र जताततै खोजी गर्दा पनि केही थाहा पाउन नसकेपछि इलाका प्रहर्री कार्यालयलाई हुलियासहित निवेदन दिएको छु।’ 

एकसुरे स्वभाव रहेकोले गाडी चढेर अन्यत्र कतै गएको हुनसक्ने आशंका पनि उनको छ। क्रिम रंगको जकेट र कलेजी रंगको कम्बल घरमा नरहेकोले उनका साथमा हुन सक्ने पारिवारिक अनुमान छ। 

गहुँगोरो वर्ण, उचाई ५ फिट र तौल अन्दाजी ४० किलोका मोहनसिंह थापा केही वर्ष अघिसम्म विद्यालयका कर्मचारी भएर काम गरेको पारिवारिक स्रोतले जनाएको छ।
खोजिकार्य जारी रहेको र हालसम्म कतैबाट पनि केही सूचना जानकारीमा नआएकोे प्रहरीले जनाएको उनका छोरा थापाको भनाई छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.