हत्याका आरोपित १७ वर्षपछि साउदीअरबबाट पक्राउ

हत्याका आरोपित १७ वर्षपछि साउदीअरबबाट पक्राउ

उदयपुर : १७ वर्ष अघि छिमेकीको हत्या गरी फरार रहेका उदयपुरको बेलका नगरपालिका-६ कात्तिकेका गोविन्द मगरलाई प्रहरीले साउदीअरबबाट पक्राउ गरेको छ। गत २०६१ साल मंसिर १३ गते राति ८ बजे स्थानीय मानबहादुर तामाङको हत्या गरी वैदेशिक रोजगार साउदीअरब पुगेका मगरलाई त्यहाँको प्रहरीको सहयोगमा पक्राउ गरेको हो। 

तामाङको हत्या गरेलगत्तै फरार रहेका उनको खोजीगर्दा साउदीमा रहेको भन्ने पत्ता लागेपछि उदयपुर प्रहरीले रेडकर्नर नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयसँग आग्रह गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालयले २०७७ माघ २७ गते मगरविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको थियो। सोही आधारमा साउदी प्रहरीको सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले साउदी पुगेर पुस २६ गते पक्राउ गरी मगरलाई नेपाल ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमले बताए। उनकाअनुसार मगरलाई अड्डा सार गर्दै शुक्रबार उदयपुर ल्याइएको हो। 

डीएसपी गौतमका अनुसार मानबहादुरकी १६ वर्षीया छोरीलाई सोही ठाउँका जयवीर राईले प्रेम विवाह गरी भगाउन लागेको थाहा पाएपछि अर्कै केटासँग बिहे गरिदिन खोजेपछि राई र गोबिन्द मानबहादुरको घरमा पुगेका थिए। त्यहीँ विषयमा विवाद हुँदा गोबिन्दले झोलामा लुकाई राखेको खुकुरीले प्रहार गर्दा मानबहादुर गम्भीर घाइते भएका थिए। घाइते मानबहादुरलाई उपचारार्थ वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा ४ दिनपछि ०६१ मंसिर १७ गते उपचारकै क्रममा निधन भएको थियो।  

साउदीबाट ल्याइएका मगरलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले बताए। उनीविरुद्ध उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको गौतमले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.