सोलुखुम्बुमा कुटपिटबाट एक जनाको ज्यान गयो
सोलुखुम्बु : सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-१ बुम्बुरीेमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। आईतबार राति करिब ११ बजे स्थानीय ४५ वर्षीय वाङ्दी शेर्पाको कुटाईबाट सोही ठाउँका अन्दाजी ५२ वर्षीय दानु शेर्पाको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार वाङ्दी सोही ठाउँकी एक ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न राति ११ बजेतिर महिलाकै घरमा पुगेका थिए। तर महिलाले चिच्याएर कराएपछि छुट्याउन पुगेका दानुलाई वाङदीले दाउरा तथा काठको चिरपटले टाउकोमा प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि दानुलाई वाङदीले घटनास्थल नजिकैको भिरबाट फालेको बताइएको छ।
प्रहरीले मृतकको शव घटनास्थलबाट करिब २५ मिटर टाढा फेला परेको प्रहरी निरीक्षक ढकालले बताए। घटनामासंलग्न वाङ्दीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने शवको कानुनी प्रकृयापूरागरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।