बोलेरो दुर्घटनामा १ को मृत्यु, ५ घाइते

बोलेरो दुर्घटनामा १ को मृत्यु, ५ घाइते

उदयपुर : उदयपुरको कटारी नगरपालिका ८ सोमबार साँझ बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। 

सिद्धिचरण राजमार्ग अन्तरगत कटारीबजारबाट मरुवातर्फ जाँदै गरेको बा.१०.च. ४१८८ नम्बरको बोलेरो विजुलेमा दुर्घटना हुँदा कटारी नगरपालिका–८ पाखाटोलका ३८ वर्षीय विक्रम राना मगरको ज्यान गएको हो। 

दुर्घटनालगत्तै स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी कटारी अस्पतालमा पुर्‍याएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार बोलेरो आफैँ अनियन्त्रित भइ सडकबाट तल खसेको हो। 

प्रहरीका अनुसार दुर्घटनामा सोही वडाको पट्नाभज्याङका ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तिका ७ वर्षीय दिबश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ र ३६ वर्षीया बेदकुमारी थापा मगर घाइते भएका छन्। 

घाइते सबैको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको र सबै खतरामुक्त रहेको डिएसपी गौतमले बताए। दुर्घटनालगत्तै फरार रहेका बोलेरो चालक प्रेमबहादुर श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.