प्रहरी र उद्योग वाणिज्य संघले थाल्यो मास्क वितरण

प्रहरी र उद्योग वाणिज्य संघले थाल्यो मास्क वितरण

उदयपुर : कोरोना भाइरसको संक्रमण दर वढ्न थालेपछि उदयपुरको प्रहरी र उद्योग बाणिज्य संघले सर्वसाधरणलाई निःशुल्क मास्क तथा सचेतनामुलुक पोस्टर वितरण अभियान सुरु गरेका छन्। 

सर्वसाधरणलाई स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अपिल गर्दै जिल्ला प्रहरी कार्यालयले आफ्ना मातहतका ३८ वटा प्रहरी युनिट र त्रियुगा उद्योग बाणिज्य संघले भिडभाड क्षेत्र बजारमा मास्क तथा पोस्टर वितरण सुरु गरेका हुन्।

सचेतनाका लागि पहिलोचरणमा निःशुल्क मास्क वितरण गर्ने त्यसपछि पनि मास्क नलगाई आवतजावत गरे कोभिड–१९ संक्रामक ऐन अन्र्तगत कार्वाही सुरु गरिने बेदप्रसाद गौतमले बताए। उनले भने, ‘मास्क लगाउनुपर्छ भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि अटेर गरेको देखिएको छ, यति गर्दा पनि नभए कार्वाहीको अप्रेशन सुरु गर्नु पर्छ।’

यसअघि प्रहरीले बजारमा मास्क नलगाई निस्कने सर्वसाधरणलाई एक सय रुपैँया जरिवाना लिँदै आएको थियो। प्रहरीले आफ्नै स्रोतबाट सर्बसाधारणलाई सचेतना जगाउन मास्क र पोस्टर वितरण गरेको बताएको छ। ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौ’ डिएसपी गौतमले भने, ‘मास्क वितरणसंगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौं।’

जिल्ला प्रहरी कार्यालय मातहतमा ७ वटा इलाका प्रहरी, १ नगर प्रहरी, १६ प्रहरीचौकी र अस्थायी प्रहरी चौकीहरुबाट सर्बसाधारणलाई मास्क वितरण गरिएको हो। प्रहरीले जिल्लाका सबै ब्यापारिक केन्द्र र ग्रामिण बजारमा दिनभर खटेर मास्क वितरण गरेको जनाएको छ।

त्यसैगरी त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले बजार क्षेत्रको अनुगमन गर्दै प्रत्येक पसलमा सावुन पानीको व्यवस्था, सामाजिक दुरी कायम हुने गरी सुरक्षामापदण्डको व्यवस्था गर्न व्यापारीलाई अपिल गरेको छ। संघका अध्यक्ष रमेश रसाईलीले सामान लिन आउने ग्राहक र व्यापारी दुबैलाई अनिवार्य मास्कको प्रयोग गर्ने गरी जानकारी गराईसकिएको बताए। 

उनले व्यपारी स्वंयको स्वास्थ्यलाई मध्यनजर गरी गतिविधी बढाइएकाले कार्यान्वयन हुनेमा आफू विस्वत रहेको बताए। उनले स्वास्थ्य मापण्ड कायम गराउन नियमित अनुगमन थालिने बताए। वजारमा सर्बसाधारणले मास्कको प्रयोग नगर्ने, भौतिक दूरी, सेनिटाईजर प्रयोग नगर्ने, साबुन पानीले हात नधुने जस्ता लापरवाही अत्याधिक देखिएको अभियान सुरु गर्नु परेको डिएसपी गौतमले बताए।

गाईघाट बजारको मुख्यचौकको आसपासमा खटिएको विभिन्न प्रहरी टोलीले पैदल यात्रु तथा सवारीमा चढेका यात्रुलाई रोकेर मास्क प्रयोग गर्न सम्झाएका थिए। उनीहरुलाई निःशुल्क मास्क दिदै कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकोप्रति सचेत गराएका थिए। मास्क सधै प्रयोग गर्न अनुरोध गरेका थिए। 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्यांक अनुसार हाल उदयपुरमा २५१ जना कोरोनाका सक्रिय संक्रमित छन्। जिल्लाको सबै पालिका र जिल्ला अस्पतालमा गरी ३९२ जनाको परिक्षण हुँदा उक्त संख्यामा संक्रमिण पुष्टि भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.