पर्यटकिय क्षेत्रमा लगानी बढ्दै

पर्यटकिय क्षेत्रमा लगानी बढ्दै

उदयपुर : प्रदेश १ कै उत्कृष्ट पर्यटकिय क्षेत्र उदयपुरको रौतापोखरीमा व्यापारीले लगानी बढाउन थालेका छन्। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतीसँगै व्यापारीले लगाउनी बढाउन सुरु गरेका हुन्। 

सडक स्तरोन्नतीले दैनिकजसो आन्तरिक र बाह्य पर्यटकको बाक्लो आवतजावत हुन थालेपछि व्यापारीले ठूला लगानीमा आकर्षक र सुविधासम्पन्न होटल बनाउन सुरु गरेका हुन्। रौतामाई गाउँपालिका वडानं ६ मा रहेको रौतापोखरी हिन्दु धर्मको धार्मिक आस्थाको केन्द्रकोरुपमा परिचित छ। 

पर्यटकिय गन्तव्य केन्द्र बनेको रौतापोखरीमा भर्खरै दुई व्यपारीले २ करोड २५ लाखको लगानीमा ‘रौता दरबार माउण्टेन भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएका छन्। यसकासाथै अन्य दुई दर्जन व्यापारीले जग्गा खरिदगरी होटल तथा रिर्सोट खोल्ने तयारी गरको वडाध्यक्ष तिलकुमार रानाले बताए।  

राजनीति र समाजसेवा गर्दै आएका गाईघाटका सरोज बस्नेत र रामपुरका शिव अधिकारीको लगानीमा रिसोर्ट निर्माण गरिएको हो। बस्नेत हाल नेपाली काँग्रेस त्रियुगा नगर समितिको सभापति छन् भने सहकारीलगायत बिभिन्न संघसंस्थामासमेत आवद्ध भएर समाजसेवामा क्रियासिल छन्।

अधिकारी माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का जिल्ला स्तरीय नेता हुन्। दुबै जनाको संयुक्त लगानीमा रिर्सोट सुरु गरिएको अधिकारीले बताए। रौतापोखरी कच्ची सडकले छोएसँगै विगत दुई दशकयता बजारीकरण हुँदै आएको छ। 

समुन्द्री सतहदेखि ५ हजार ९ सय मिटरको उचाईमा रहेको यो पोखरी सदरमुकाम गाईघाटबाट ४६ किलोमिटर दूरी रहेको छ। त्यसमध्ये ३८ किलोमिटर कालोपत्रे भईसकेको र बाँकी सडक पनि स्तरोन्नती भईसकेकाले पर्यटकको रोजाईमा रौतापोखरी परेको हो। बाँस बस्ने हिसावले पुगेका पर्यटकले राम्रो बासस्थान र खानपिन गर्न नपाएपछि व्यापारीले लगानी बढाएका हुन्। 

पर्यटकको रुचीलाई अझै व्यवस्थित र सुविधासम्पन्न होटलको अभाव टार्न रिसोर्ट सुरु गरिएको उनको भनाई छ। यो रिसोर्ट रौतापोखरीक्षेत्रका अहिलेसम्मकै ठूलो लगानीको होटल हो। व्यापारीले रौतापोखरी आसपासमा धेरै जग्गा किनेको पाइएपनि व्यवसायिक होटलमा कसैले लगानी नगरेकाले आफूहरुले हिम्मत गरेको उनको भनाई छ। 

सुविधा सम्पन्न होटलको खाँचो रिसोर्टले टार्ने अपेक्षा राखेको संचालक सरोज बस्नेतले बताए। यसले एकातिर पर्यटन विकासमा सहयोग गर्ने र अर्कातिर रोतौपोखरी क्षेत्रको विकासमा पनि टेवा पुग्ने उनको भनाई छ। 

रिर्सोटको दुईतले पक्की भवन र २ वटा कटेज बनिसकेका छन्। कार्यक्रम गर्नका लागि ८० जना आँट्ने क्षमताको सभाकक्ष तयार भईसकेको छ। रिसोर्टमा सुविधासम्पन्न ९ वटा लक्जरियस कोठाहरु रहेका छन्। रौता १२ महिनै स्वच्छ वातावरण, चिसो मौसम र चारैतिरको मनमोहक दृष्य देख्न सकिने स्थान हो।

 बजारीकरण बढ्दै गएको रौतामा यसअघिदेखि नै सामुदायिक होमस्टे र झण्डै १ दर्जन हाराहारी ससाना होटल, रेस्टुरेन्टहरु सञ्चालनमा छन्। तर, पछिल्लो केहीवर्षयता आन्तरिक र बाह्य पर्यटककको आवागमन बाक्लिदै गएकाले सुविधासम्पन्न होटलको अभाव हुँदै आएको छ। 

वडाध्यक्ष रानामगरले भने, पाँच वर्षअघिसम्म लाख रुपैयाँ रोपनीमा पाईने आसपासका जग्गा अहिले १० लाखबढी पुगेको छ। मुख्य ठाउँमा २० लाख रुपैयाँ रोपनीका खरिद विक्री सुरु भएको उनले बताए। उनले सडक संजाललाई अझ व्यवस्थित बनाउन सके धार्मिक आश्थाका भक्तजन र पर्यटकमा कमि नहुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.