हात्तीभन्दा पान्डा पाल्न महँगो
बाँसमात्र धेरै खाने जनावर भनेर पान्डालाई चिनिन्छ। यसलाई अंग्रेजीमा जायन्ट पान्डा भनिन्छ। यो भालु परिवारसँग सम्बन्धित छ। जानौं जायन्ट पान्डाका बारेमा केही रोचक तथ्य :
–जंगलमा जायन्ट पान्डाको औसत जीवनकाल १५–२० वर्षको हुन्छ।
–होचो कद हुने जायन्ट पान्डा सन् १९६३ मा पहिलोपल्ट चीनको चिडियाखानामा जन्मिएको थियो।
–भालु परिवारको जायन्ट पान्डा तीव्र गतिमा दौडन सक्दैन। तर, यसै परिवारको कालो भालु भने ३५ माइल प्रतिघन्टाको दरले कुद्न सक्छ।
–यो पान्डाले राती सुँघेरै मीठो प्रजातिको बाँस कहाँ छ भनेर पत्ता लगाउँछ।
–यिनीहरू मज्जाले पौडी खेल्न सक्छन्।
–यो जनावर जन्मिएको ७ महिनामै रूख तथा बाँस चढ्न सक्छन्।
–सोधकर्ताका अनुसार यिनीहरू ११ अलग–अलग प्रकारका आवाज निकाल्छन्। जसमध्ये ४ प्रकारका आवाज साथी खोज्न प्रयोग गर्छन्।
–यसका ४२ वटा दाँत हुन्छन्।
–यसको शरीरमा भएको रौं हेर्दा नरम र रेशमी देखिन्छ, तर त्यस्तो हुँदैन। त्यो धेरै बाक्लो र कडा हुन्छ।
–वस्यक जायन्ट पान्डाको रौं करिब ४ इन्च जति बढ्न सक्छ।
–यसको मुख्य भोजन बाँस हो। कलिलो बाँसको मुना भेट्टायो भने यसले लगभग ४० सेकेन्डमै ताछेर खाइसक्छ।
–वस्यक जायन्ट पान्डाले एक दिनमा औसत ११ देखि १३ किलो बाँस खान सक्छ। कुनै–कुनै मौसममा त यसले सय किलोसम्म पनि खानसक्छ।
–एक वस्यक जायन्ट पान्डाले प्रतिदिन लगभग २८ किलो दिसा गर्छ।
–चिडियाघरमा जायन्ट पान्डालाई पाल्न हात्ती पालेभन्दा पाँच गुणा बढी खर्च लाग्छ।
–चीनमा यो जनावरलाई राष्ट्रिय खजाना तथा शान्तिको प्रतीक मानिन्छ।
–यो जनावरलाई लुप्त प्रजातिको सूचीमा राखिएको छ।
–वर्तमान अवस्थामा पृथ्वीमा लगभग १९०० वटा जायन्ट पान्डा छन्। सन् २०२५ सम्म यसको संख्या ५ हजार पुर्याउने वैज्ञानिकहरूको लक्ष्य छ।
–जायन्ट पान्डाले कलिलो बाँस भेट्टायो भने लगभग ४० सेकेन्डमै ताछेर खाइसक्छ।
(एजेन्सीको सहयोगमा)