सोलुखुम्बुका पुराना राजनीतिज्ञ सोनाम छिरिङ शेर्पाको निधन

सोलुखुम्बुका पुराना राजनीतिज्ञ सोनाम छिरिङ शेर्पाको निधन

सोलुखुम्बु : जिल्लाको पुराना राजनीतिज्ञ सोनाम छिरिङ शेर्पाको ७१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित शेर्पाको सोमबार विहान ९ः३० बजे काठमाण्डौको रामहिटीस्थित नीजि निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

उनीकरिब डेढ वर्ष यता दमका कारण घरमै अक्सिजनको साहारामा बसेका एकीकृत समाजवादी सोलुखुम्बु जिल्ला सचिवालय सदस्य तेन्जिङ शेर्पाले बताए। उनका अनुसार नेपाली कांग्रेस पार्टीबाट राजनीति यात्रा सुरु गर्नुभएका स्वर्गिय शेर्पा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य भएका थिए। त्यसपछि राप्रपा, तत्कालिन नयाँ शक्ति पार्टी, लोकतान्त्रिक फोरम नेपालको महामन्त्री हुँदै २०७४ सालमा नेकपा एमालेमा प्रवेश गरेका थिए।

शेर्पा २०५४ सालमा तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजनीतिक सल्लाहकारसमेत भएका थिए। २०५१ सालमा भएको संसदीय निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता बलबहादुर केसीसँग १४३ मतले पराजित भएका थिए।

उनको पार्थिव शरिरलाई बौद्ध परम्परा अनुसार आगामी विहिबार अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.