राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा मतदान सुरु
विराटनगर : प्रदेश १ मा तीन सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचको मतदान सुरु भएको छ। प्रदेश १ मा ८ जनाले उम्मेदवारी दिएका छन्।
एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्य नैनकला ओझा, अगमप्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिंदैछ । रिक्त हुने स्थानको लागि बुधबार मतदान भएको हो।