कर्मचारीलाई कोरोना देखिएपछि दैलेख जिल्ला प्रशासन बन्द

कर्मचारीलाई कोरोना देखिएपछि दैलेख जिल्ला प्रशासन बन्द

दैलेख : कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा प्रवाह रोकिएको छ । जिल्ला प्रशासनमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । 

उनका अनुसार प्रशासनमा कार्यरत अन्य कर्मचारीहरुमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यजनर गर्दै भोलि पुस १७ गते सोमबारदेखि २१ गतेसम्मका लागि सेवाप्रवाह बन्द गरिएको हो । अनुसार मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाहरु नियमित रुपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । 

यस्तै राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ । 

बैंकद्धारा जारी सूचना अनुसार राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि एक हप्ता सेवा बन्द रहने उल्लेख छ । गत शुक्रबारदेखि एक हप्तासम्म शाखा कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

लामो समय कोरोना संक्रमितको संख्या शून्य रहेको दैलेखमा पछिल्लो समय संक्रमणको दर बढ्न थालेको छ । शनिबारसम्म जिल्लामा ८६ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार सबै संक्रमित होम आइसोलेसनमै छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.