अक्सिजन भर्ने बुस्टर उपकरण आएपछि दुर्गमका स्वास्थ्य संस्था लाभान्वित

अक्सिजन भर्ने बुस्टर उपकरण आएपछि दुर्गमका स्वास्थ्य संस्था लाभान्वित

जोमसोम : हिमाली जिल्ला मुस्ताङलाई अक्सिजन सिलिन्डर भर्ने उपकरण ‘बुस्टर’उपलब्ध भएसँगै अक्सिजन सिलिन्डरमा अक्सिजन भर्ने कार्य सुरु गरिएको छ। मुस्ताङ जिल्ला अस्पतालका लागि प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रले बुस्टर उपकरण पठाएपछि जिल्लामा अक्सिजन भर्न जिल्ला बाहिर लाने लैजाने समस्या टरेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ।

यसअघि जोमसोम अस्पतालमा मध्यम क्षमताको अक्सिजन प्लान स्थापना भए पनि बुस्टर उपकरण नहुँदा खाली अक्सिजन सिलिन्डरमा अक्सिजन भर्ने काम हुन सकेको थिएन। जिल्लामा अक्सिजन भर्ने सुविधा नहुँदा मुस्ताङका ५ वटै स्थानीय तहका स्वास्थ्य चौकीमा मौज्याद रहेका खाली अक्सिजन सिलिन्डर पोखरा लगेर भर्नुपर्ने बाध्यता थियो। 

गत शनिबार प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रबाट खटिएका प्राविधिक टोलीले अस्पतालमा बुस्टर उपकरण जडान गरेपछि जिल्लामै अक्सिजन भर्ने सुविधा सम्भव भएको जिल्ला अस्पताल जोमसोमका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए।‘दुर्गम जिल्ला मुस्ताङमा एक वर्षअघि प्लान स्थापना भएको थियो, त्यसले अस्पतालका प्रत्येक वार्ड, बेड र कोभिड आइसोलेसन कक्षमा २३ पाइप लाइन मार्फत बिरामीलाई अक्सिजन सर्कुलर गरी सुविधा दिइएको थियो', सूचना अधिकारी बस्नेतले थपे,‘अहिले सिलिन्डरमा अक्सिन भर्ने बुस्टर प्राप्त भएपछि अस्पतालमै त्यो सुविधा दिन थालेका छौं, यसले दुर्गमका स्वास्थ्य सस्थालाई जोमसोम ल्याएर अक्सिजन भर्ने व्यवस्था मिलाएका छौं।’

मुस्ताङ जिल्ला अस्पतालमा अक्सिजन भर्ने बुस्टर उपकरण जडान भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने समस्या समाधान भएको अस्पतालका सूचना अधिकारी बस्नेतको भनाइ छ। समुन्द्री सतहदेखि २५ सय मिटर उचाइमा अवस्थित मुस्ताङ जिल्लामा आउने पर्यटकलाई हाइअल्टिच्यूडको समस्या हुने गरेको र तत्काल अक्सिजनको सुविधा नहुँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो। जिल्लाममै अक्सिजन भर्न थालिएपछि दुर्गमका स्थानीयदेखि स्वदेशी तथा विदेशी पर्यटकलाईसमेत अक्सिजन उपलब्ध गराउन सकिने सहजता प्राप्त भएको उनको भनाइ छ।

यस्तै कोरोना माहामारीको समयमा जिल्लामा अक्सिजन भर्ने सुविधा नहुँदा विभिन्न संघ सस्थाले अक्सिजनसहितको सिलिन्डर भर्ने व्यवस्था मिलाएका थिए। भौगोलिक रुपलमा विकट मुस्ताङमा बर्खायामको मौसममा बाढी पहिरो र नदी कटानका कारण बेनी—जोमसोम सडक अवरुद्ध हुँदा अक्सिजन ढुवानीमा समस्या पर्ने गरेको थियो। त्यस्तै मौसम प्रतिकुलताका कारण हवाइ सेवा समेत नियमित नहुँदा अक्सिजनको समस्या पर्ने गर्थ्यो भने बिरामीलाई गुणस्तरीय अस्पतालमा उपचार गर्न लैजान समस्या पर्ने गरेको थियो।

मुस्ताङ जिल्ला अस्पतालमा अक्सिजन भर्ने सुविधा सुरु भएसँगै २४ घण्टामा करिव ४७ लिटरको डेढ दर्जन सिलिन्डर भर्न सकिने अस्पतालका सूचना अधिकारी बस्नेतले बताए। जटिल प्रकृतिका बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गर्दछ। गण्डकी प्रदेश सरकारले ५५ लाख लागतमा मुस्ताङ जिल्ला अस्पतालमा अक्सिजन प्लानको ब्यवस्थापन गरेको थियो। 

सो प्लानका लागि प्राविधिक सहयोग अ‍ेमरिका—नेपाल मेडिकल फाउन्डेसनले गरेको थियो। प्लान जडानपछि मुस्ताङ जिल्ला अस्पतालमा २४ सै घण्टा अक्सिजन सर्कुलर हुँदै आएको थियो तर बुस्टर नहुँदा सिलिन्डरमा अक्सिजन भर्ने काम हुन सकेको थिएन। मुस्ताङका प्रत्येक स्वास्थ्य सस्थामा ५ देखि १५ थानसम्म अक्सिजन सिलिन्डर मौज्याद छन्। ती खाली सिलिन्डर जिल्लामै भर्ने सकिने भएपछि अक्सिजन ढुवानी सहज भएको बताइन्छ। यसअघि अस्पतालमा प्लान जडान भए पनि उत्पादित अक्सिजन त्यसै खेर जाने गरेको थियो।

अस्पतालमा डिजिटल एक्सरे सुविधा

जिल्ला अस्पताल जोमसोममा डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन थालिएको छ। अस्पतालमा भएको सामान्य एक्सरे उपकरण भरपर्दो नभएको र कहिलेकाही बिग्रने भएकाले बिरामीलाई एक्सरे सुविधा लिन कठिन पर्दै आइरहेको थियो।

गण्डकी प्रदेशको आपूर्ती व्यवस्थापन केन्द्रले करिव २४ लाख लागतमा डिजिटल एक्सरे उपकरण खरिद गरी पठाएपछि अहिले मुस्ताङ जिल्ला अस्पताल जोमसोममा डिजिटल एक्सरे सेवा दिन थालिएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए। उक्त डिजिटल उपकरण जडानपछि दैनिक रुपमा सेवा सञ्चालनमा आएको उनले बताए।‘डिजिटल एक्सरे उपकरण ल्याएर बिरामीलाई सेवा दिन थालेका छौं', उनले भने,‘डिजिटल एक्सरे सुविधाबाट सबै बिरामी सन्तुष्ट भएको पाएका छौं।'
 
मुस्ताङ जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण जडान भए पनि लो विद्युत भोल्टेजका कारण समस्या पर्ने गरेको सूचना अधिकारी बस्नेतको भनाइ छ। उनले विद्युत पावर नपुग्दा पुरानो उपकरण र नयाँ उपकरणको सहायताले एक्सरे सुविधा प्रदान गर्ने गरिएको बताए। उनले यसरी उपकरण प्रयोग गर्दा पनि एक्सरे सुविधा भरपर्दो भइरहेको उनले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.