सुई देवकुमार तामाङको 'बासडोल नाम्सा' सार्वजनिक
काठमाडौं : गायक एवं सुई देवकुमार तामाङको स्वरमा ‘बासडोल नाम्सा’गीतको भिडियो सार्वजनिक भएको छ। सोमबार युट्युबबाट सार्वजनिक भएको गीतको शब्द राजकुमार दोङ तामाङ र सङ्गीत संयोजन र संगीत भर्ने काम बुद्ध स्याङ्बाले गरेका हुन्।
बरिष्ठ गायिका इन्दिरा गोलेले तामाङलाई स्वरमा साथ दिएकी छिन्। भिडियोमा पाल्देन लामा‚ प्रताप लामा‚ कृष्ण वाइबा‚ गङ्गा घलान‚ कमला तामाङले अभिनय गरेका छन्।
यस्तै भिडियो निर्देशन‚छायाङ्कन र सम्पादन सुमन तामाङले गरेका हुन्। गीतमा भनिएको अनुसार प्रेमीले प्रेमिकालाई पिरती जोड्ने प्रयास गरिएको छ।
सडक विभाग क्षेत्रीय कार्यालय पोखराको प्रमुख सुई तामाङले दर्शक श्रोतामाझ न त 'आँखा थाक्छन् कहिल्यै', 'अब पक्कै', 'जहाँ जहाँ बिझे पनि', 'कति कुरा यहाँ' गाइसकेका छन्।