स्याङ्जामा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

स्याङ्जामा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

स्याङ्जा: विरुवा गाउँपालिका ३ धोवादीस्थित भित्रि सडकमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। जीप खसेको खबर पाएपछि पुगेको प्रहरीले जीपमा रहेका २ जना ब्यक्ति नै मृत्यु भएको जनाएको छ।

सोही गाउँपालिका खाली निवासी जीप चालक २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार विरूवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नं. सो जीप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो। 

मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा ल्याइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.