हिमपातले सोलुखुम्बु भित्रिने मुख्य सडक अवरुद्ध, यात्रुको विचल्ली

हिमपातले सोलुखुम्बु भित्रिने मुख्य सडक अवरुद्ध, यात्रुको विचल्ली

सोलुखुम्बु : भारी हिमपातको कारण हिमाली जिल्ला सोलुखुम्बुमा सवारी आवगमन ३ दिनयता ठप्प बनेको छ। सडक मार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबारदेखि सवारी सञ्चालन बन्द भएको हो। 

यातयातत व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रको सडकमा २ देखि ३ फिटसम्म हिउँ जमेको छ। सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुंगाले जेसिवीको प्रयोग गरे पनि सम्भवन नभएको यात्रु ङिमा ग्लाल्जेन शेर्पाले बताए। उनका अनुसार जेसिवीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले खुलाउन नसकेको हो।

जसका कारण तीन दिनयता जिल्ला भित्रिने तथा बाहिरीने कुनै पनि सवारी साधन चल्न सकेको छैन भने सोलुखुम्बुका लागि छुटेको सावरी साधनहरु ओखलढुंगाको ठाढे, टोड्के, विप्ल्याटे लगायतका स्थानमा तीन दिनदेखि रोकिएको छ। सो क्षेत्रमा दर्जनौँ सवारी साधन अलपत्र परेको छ भने सयौं यात्रुको विचल्ली भएको बताइएको छ। सवारी रोकिएसँगै खान बस्नको समेत समस्या भएको यात्रुहरुले गुनासो गरेका छन्। विशेष गरी अशक्त, बालबालिका, वृद्धवृद्धा समस्यामा परेको बताइएको छ।

माघ महिनामा विवाहको समय भएकाले सोलुखुम्बु आउने जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएको सल्लेरीका दिपक राजभण्डारीले बताए। आफ्नो आफन्त जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीच बाटोमा नै रोकिएको उनको भनाइ छ।

काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुंगाको टोट्के मै रोकिएर बस्नुपरेको यात्रु दिपक केसीले बताए।

हिमपात भएको बेलामा सामान्य भए पनि त्यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटवालले बताए। सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उनले आग्रह गरे। आइतबार दिउँसोसम्ममा सडक खुलाउने सडक डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.