मोटरसाइकल दुर्घटनमा पत्रकार कटुवालको मृत्यु

मोटरसाइकल दुर्घटनमा पत्रकार कटुवालको मृत्यु

उदयपुर : दश दिनअघि मोटरसाइकलमा दुर्घटना परी गम्भीर घाइते भएका उदयपुरका पत्रकारको सोमबार साँझ ज्यान गएको छ। चौदण्डीगढी नगरपालिका ६ बेल्टारमा स.८.प.४३४७ नम्बरको मोटरसाइकमा दुर्घटनामा परी घाइते भएका स्थानीय ५६ वर्षीय केदार कटुवालको बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालको सघन कक्षमा उपचारका क्रममा ज्यान गएको हो। 

मदनभण्डारी स्मृति लोकमार्ग हुँदै घरतर्फ आउँदै गरेका कटुवालको आफूले चलाएको मोटरसाइकल अनियन्त्रित हुँद दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले बताए। 

दुई दशकदेखि पत्रकारिता र शिक्षण क्षेत्रमा कृयाशील कटुवालका एक श्रीमती र दुई छोरा छन्। नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्वउपाध्यक्ष तथा हालका प्रदेश पार्षद समेत रहेका कटुवाल इमेज च्यानल टेलिभिजन र हिमालय टाइम्स दैनिकमा आवद्द छन्। कटुवालको निधन प्रति पत्रकार महासंघका सचिव विश्वराज तामाङ्गले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अल्पायुमै भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ,‘स्वर्गीय कटुवालको निधनले नेपाली पत्रकारिता क्षेत्रको एक कुशल, उर्जाशील र जुझारु पत्रकार गुमाएका छौं।' कटुवालको शव मंगलबार अस्पताले परिवारजनलाई बुझाउने तयारी गरिएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.