‘फूल रोको कस्ले देख्छ र ?’
काठमाडौं : गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ?’ गीत सार्वजनिक गरिएको छ। रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फूलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ।
फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसैले नदेख्ने विषयलाई गीतमा उठान गरिएको छ। भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’अभिनय गरेका छन्।
त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन्। गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन्।