माईनस डिग्रीमा गिट्टी कुट्दैँ मजदुर

माईनस डिग्रीमा गिट्टी कुट्दैँ मजदुर

जोमसोम : हिउँदयामको मुस्ताङमा हिमपात र अत्यधिक चिसो बढ्नु अनौठो हाेइन, स्वाभाविक हो। यहाँ कार्तिकदेखि फागुनको अन्तसम्म हिमपात र चिसो छाउँछ। हिमपात र चिसोकै कारण यहाँको जनजीवन प्रभावित हुनेगर्छ। 

मुस्ताङको तापक्रम हिउँदयामको मौसममा माईनस २० डिग्री सेल्सियससम्म पुग्छ। बेजोडले उन्माद हावाहुरी चल्छ। घरभित्रै बस्दासमेत शरिर लुकलुक काप्छ। हिमपात हुँदा झनै सकश पार्छ। यसैले यहाँका अधिकांश नागरिक अल्पकालिन समयका लागि जाडो छल्न जिल्ला छोडेर बेसी झर्छन्। उपल्लो भेकमा ८० प्रतिशत र तल्लो भेकमा ४० प्रतिशत स्थानीय गाउँमा छैनन। अत्यधिक चिसो र हिमपातका कारण जाडो छल्न यहाँका नागरिक बेसी झर्ने सदिँयौदेखिको चलन हो। खानेपानी, सिँचाई कुलो र शाखा नदीहरु चिसोले जमेर बरफ बन्छ। पशुचौपायका लागि आहारको लागि उर्जाकै साहार लिनुपर्ने हुन्छ। 

मुस्ताङमा चिसो र हिमपातकै कारण संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्राय: कार्यालय सुनसान छन्। उपल्लो मुस्ताङमा केही सुरक्षाकर्मी र बिओपीको मात्र उपस्थिती छ। विकास निर्माणका कामकाज सबै ठप्प छन्। गुम्बा, निजी र सरकारी विद्यालय पनि केही घुम्तीमा छन् भने केही बिदामा छन्। खेतीपातीको कामकाजसमेत उस्तो हुँदैन। यहाँका दैनिक ज्यालामजदुरी गर्ने मजदुरका लागि हिउँदयामको मौसम बेरोजगार बस्नुपर्ने वा चिसो सहँदै गिट्टी कुट्नुपर्ने एक मात्र विकल्प छ। 

मुस्ताङमा वर्षौवर्षदेखि जिल्ला बाहिरका मजदुरहरु अरुको घरखेत अधिया कमाएर बस्ने, विकास निर्माणको काममा काम गर्दै जीविको पार्जन गर्दैआईरहेको पाईएको छ। यहाँ सबै गतिविधि ठप्प छ। त्यसैले केही निम्नस्तरका मजदुरलाई गिट्टी कुट्नु पर्ने बाध्यता परेको हो। 

घरपझोङ-४ जोमसोममा अवस्थित जनहित माद्य्यमिकको उत्तर/पूर्वमा ठूलो चटने पहाड छ। त्यही ठूलो पहाडको फेँदमा एक हुल मजदुर गिट्टी कुट्न बाध्य छन्। झन्डै डेढ दर्जन मजदुर जसमा केही महिला, केही पुरुष र केही स-साना बालबालिका गिट्टी कुट्दैँ गरेको दृष्य देख्न सकिन्छ।

बाहिर अत्यधिक चिसो छ, लुकलुक कमाउने चिसो सिरेटो चलिरहेको छ। तैपनि उनीहरु रक्तिभर बिचलित छैनन्, अनि एक तमासले गिट्दै बसेका छन्। पहाडको फेदमा मजदुरले कुटेका गिट्टीका चाङ छन्। थुपारिएर राखिएका गिट्टी एक ट्याक्टर भएपछि ठेकेदारलाई बिक्री गर्छन, अनि त्यही पैसाले बिहान र बेलुकीको छाक टार्छन्। 

मुस्ताङमा ज्याला मजदुरी गर्दै आईरहेकी रामेछामकी फुलमाया तामाङ(नाम परिर्वन )ले भन्छिन् ‘हिउँदको महिनामा गिट्टी कुट्नै बाहेक अरु केही काम पाईदैन, गिट्टी नकुटे केटाकेटी भोकै मरिन्छ, यसैलाई गिट्टी कुट्नु रहर होईन हाम्रो बाध्यता हो।’ 

मुस्ताङमा केही दिन अघि दोश्रो पटक भारी हिमपात भयो।तिनै मजदुरले गिट्टी कुट्नै स्थानको वरीपरी हिउँका चाङ जमेका छन्। तैपनि बालबालिकासहित गिट्टी कुट्न मस्त छन् उनीहरु। स्थानीय नागरिक घरभित्रै बसेर कोईला र हिटर तापेर बस्छन्, मजदुर भने चिसोको सामना गर्दै गिट्टी कुट्न तल्लिन छन्। उनीहरु यसरी नै गिट्टी कुट्दै हिउँदका उराठिला दिनहरु कटाउन विवश छन्।

मुस्ताङ जिल्ला भौगोलिकरुपमा विकट भएपनि यहाँका स्थानीयलाई दैनिक जीविकोपार्जनमा कुनै समस्या छैन। समस्या छ त ती दैनिक ज्यालादरी गर्ने मजदुरलाई जीवन धान्न संर्षष गर्नुपर्ने अवस्था छ।

हिउँदयाममा विकासका काम ठप्प हुने गर्दा मजदुरले संकलन गरी जम्मा गरेको गिट्टी समेत समयमा बिक्दैन। म्याग्दी खिवाङकी लिलमती रसाईलीलाई पनि चिसो सहदै गिट्टी कुट्नु पर्ने बाध्यता छ। अन्य समय खेतीपातीको कामकाजमा ब्यस्त हुने उनी हिउँदयाममा काम नपाएपछि गिट्टी कुट्न जुटेको लिलमती बताउछिन्। 

अन्य समयमा काम गरेर मनग्ये पैसा कामाउने गरेकी लिलमती हिउँदयामको मौसम आफूलाई बोझिलो बनेको सुनाउछिन्। ‘हिउँदमा जिल्लाका मानिस जाडो छल्न बेँसी झरे, हामीलाई पनि घर जाने रहर थियो, घरतिर गएपनि कुनै काम पाईदैँन। यसैले यहीँ बसेका छौ, उनले भनिन्।

शरीरमा न्यानो कपडा ओढेकी अनि मुखमा हावा छेक्न माक्स लगाएकी एक तमासले गिट्टी कुट्दैँ गरेकी लिलामतीले काम गरेर बस्दा समय ढल्केको पत्तै नहुने बताईन्। ‘मुस्ताङ आएका छौ, दुईचार पैसाँ जोहो गर्नै पर्यो, बालबालिका पढाउनै पर्यो, उनले थपिन्,‘यहाँ आएर रित्तै हात फर्किन पनि भएन गाउँको ब्यवहार मिलाउनै पर्यो।’

विगत १२ वर्षदेखि मुस्ताङमा ज्याला मजदुरी गर्दै आईरहेकी बाग्लुङ मिसिकी मनिसा बुढामगर कार्तिकदेखि लगातार गिट्टी कुट्दैँ बसेकी छिन्। उनले पनि लिलपती जस्तै अन्य काम नहुँदा गिट्टी कुट्नु परेको बताईन्। ‘गाउँतिर जाउँ समस्यानै समस्या छ, गिटी कुटेर राहतख मिल्छकी भनि यहाँ आएकी हुँ, उनले भनिन्, ‘चिसो भएपनि गिट्टी त कुट्नै पर्यो, नत्र भोकै परिन्छ।’

मुस्ताङमा म्याग्दी, बाग्लुङ, धादिङ, रुकुम र रोल्पाका मजदुरले स्थानीयको खेतीपाती र विकास निर्माणका काम गर्दै आईरहेका छन्।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.