मुस्ताङमा चौंथो राष्ट्रिय स्की प्रतियोगिता हुने

मुस्ताङमा चौंथो राष्ट्रिय स्की प्रतियोगिता हुने

जोमसोम : मुस्ताङमा चौंथो राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ। नेपाल स्की संघले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ रानीपौवामा स्की प्रतियोगिता आयोजना गर्न लागेको हो।

मुस्ताङमा जारी सिजनमा दुई पटक भारी हिमपात भएको थियो। हिमपातका कारण वारागुङ मुक्तिक्षेत्र—१ को रानीपौवा पाखो पुरै हिउले सेताम्मे छ। मुस्ताङमा परेको भारी हिमपातको सदुपयोग गर्दै साशसिक खेल विकास र प्रर्वद्धन गर्न तथा बेमौसमे ब्यापार घाटा पूर्ती गर्ने उद्देश्यले नेपाल स्की संघले तेश्रो पटक मुस्ताङमा प्रतियोगिता आयोजना गर्र्ने तैयारी गरेको हो।

स्की प्रतियोगिताको पूर्व तैयारीका लागि स्की खेलाडीहरु मुस्ताङ आइपुगेका छन्। उनीहरुलाई पूर्व तैयारी स्वरुप तालिम मुक्तिनाथमा अभ्यास गराइने छ। त्यसपछि प्रतियोगिता आयोजना हुने नेपाल स्की संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले जानकारी दिए। यसअघि नेपाल स्की संघले रसुवा क्यान्जेन भ्यालीमा प्रथम राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको थियो। 

सेताम्मे हिउँमाथि खेलिने साहसी खेललाई स्की भनिन्छ। यसअघि मुस्ताङमा तेश्रो राष्ट्रिय स्की २०७६ साल माघमा सम्पन्न भएको थियो। त्यसपछि कोरोना कहरका कारण मुस्ताङमा स्की प्रतियोगिता हुन सकेको थिएन। यसपटक भने कोरोना संक्रमण यथावत रहे पनि नागरिकले कोरोनाविरुद्ध खोप लगाइसकेकाले स्की प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताका लागि मनाङ, रसुवा, दोलखा र काठमाडौं लगायतका जिल्लाबाट स्की खेलाडी मुस्ताङ आइसकेका स्की प्रतियोगिताका अफिसियल निरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्की प्रतियोगिताका लागि ३० जना खेलाडी, ४ जना प्रशिक्षक र २ जना अफिसियल मुस्ताङ आएका हुन्। यहाँको सम्पूर्ण तयारीपछि नेपाल स्की संघका पदाधिकारी पनि मुस्ताङ आइपुग्ने उनले बताए। उनले स्की ग्राउण्डको व्यवस्थापन र खेलाडी प्रशिक्षणपछि सोमबार वा मंगलबार चौंथो राष्ट्रिय स्की प्रतियोगिता आयोजना हुने जनाए।

स्की प्रतियोगिता अन्तर्गत तेश्रो राष्ट्रिय स्की जस्तै यस वर्ष पनि खेलाडीहरुलाई स्नोबोर्डिङ स्की अल्पाइन स्की र क्रस कन्टी स्की बिधामा प्रतिस्पर्धा गराइने छ। नेपालमा स्की तथा स्नो बोर्डिङ स्कीलाई नेपालमा लोकप्रिय साहशिक खेलको रुपमा लिने गरिएको छ। संघले स्की खेलको विकास तथा प्रर्वद्धन गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा उपस्थिति दर्शाउन सहयोग पुग्ने जनाएको छ।

मुस्ताङमा हिउँ पर्यटक आर्कर्षित गर्ने उद्देश्यले मुक्तिनाथका युवा पर्यटन व्यवसायी सुरज गुरुङले पहल थालेका थिए। उनकै समन्वयमा स्की संघले मुस्ताङमा प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। युवा पर्यटन ब्यवसाय गुरुङले कोरोनाले थलिएको मुस्ताङको पर्यटन क्षेत्रमा स्की प्रतियोगिता राहत पुर्‍याउने विश्वाश ब्यक्त गरे। मुस्ताङमा अत्यधिक चिसो र हिमपातका कारण हिउँदयाममा पर्यटन क्षेत्र सुन्य गर्छ। बिस्तारै गर्मी सुरु हुने र पर्यटन क्षेत्रलाई चलाएमान बनाउन स्की प्रतियोगिताको योगदान महत्त्वपूर्ण हुने युवा पर्यटन व्यवसायी गुरुङको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.