पसलमा आगलागी हुँदा ८० लाखको क्षति

पसलमा आगलागी हुँदा ८० लाखको क्षति

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार राति विद्युतसर्ट भई आगलागी हुँदा चार वटा पसल जलेर नष्ट भएका छन्। त्रियुगा नगरपालिका १२ ग्रीनसिटी पार्टी प्यालेस दक्षिणतर्फ बाबुराजा प्रजापतिको जग्गामा बनेका घरटहरामा राति १ः३० बजे आगलागी हुँदा चार पसलमा ८० लाख बढीको क्षति भएको हो। 

आगलागीबाट मदन साहको चार वटा सटरमा रहेको ४० लाख बराबरको किराना पसलका सामानहरु जलेर नष्ट भएको छ। त्यसैगरी जनक मगरको स्टिकर पसलमा ११ लाखको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सरोज रेग्मीको मोटर पार्टसमा २५ लाख र जग्गाधनी बाबुराजा प्रजापतीको एक तले टिनले छाएको भुइँ घरको ६ वटा कोठा जल्दा ८ लाख बढीको क्षति भएको छ। आगलागीबाट प्रारम्भिक क्षतिको विवरण मात्र आएको एसपी सुबासचन्द्र वोहोराले बताए। 

मध्यरातमा सबै सुतिसकेपछि आगलागी भएका कारण नियन्त्रणका लागि केही समय लागेको उनले बताए। आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको तीन वटा दमकलको सहायतामा आइतबार विहान ४ बजे नियन्त्रणमा आएको डिएसपी बेदप्रसाद गौतमले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.