बेलकाका २ सय ७४ परिवारलाई खानेपानी

बेलकाका २ सय ७४ परिवारलाई खानेपानी

उदयपुर : पीउने पानीको चरम संकट भोगिरहेका उदयपुरको बेलका नगरपालिका-४ का ८ वटा बस्तिमा पानीको सहज पहुँच पुर्याइएको छ। दुई दशकअघि युनिसेफ नेपालको सहयोगमा सञ्चालनमा आएको खानेपानी आयोजना पुरानो भई जीर्ण भएपछि काकाकुल जीवन बिताईरहेका त्यस क्षेत्रका २ सय ७४ घरपरिवारलाई लक्षित गरी खानेपानी सूचारु गरिएको हो। 

ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनवोर्ड) सँगको साझेदारीमा शान्ति समाज केन्द्र नेपाल (पेसोक) उदयपुरले १ हजार ४ सय जनसंख्यालाई लक्षित गरी कोक्सिला–कटारी खानेपानी आयोजना सञ्चालनमा ल्याएको हो। भर्खरै सञ्चालनमा आएको आयोजना शनिबार एक कार्यक्रमका विच पेसोका अध्यक्ष सृजना दनुवारले बेलका नगरपालिकाका मेयर दुर्गा थापालाई हस्तान्तरण गरिन्।

आयोजनाबाट वडानं. ४ को जनजागृती, महाभारत, गौरीशंकर, देवीस्थान, डाँडाँ टोल, कटारी, खोर्साने झोरा, गुरुङचौरी सहितका बस्तीका उपभोक्ता लाभान्वित हुने पेसोकका अध्यक्ष दनुवारले बताईन्। उनका अनुसार स्थानीयको जनश्रमदानसहित ६७ लाख ७१ हजार १८० रुपैयाँ र निर्माणपश्चात ३ लाख २५ हजार ३२१ रुपैँया लागतमा आयोजना सम्पन्न भएको हो। 

वडानं ६ को हर्देनीवारीको मुहानबाट ल्याइएको खानेपानीलाई संचित गर्न २० हजार लिटरको दुई वटा ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार आचार्यले बताए। दुई सार्वजानिक सहित घर–घरमा पुर्याइएको धारा सञ्चालमा आएसँगै स्थानीयले खुशी प्रकट गरेका छन्। 

स्थानीय उपभोक्ता रमेश आचार्य भन्छन्, ‘पीउने पानीको वर्षौदेखिको समस्याबाट बस्तिले मुक्ती पाएको छ।’ ‘सहज नभएपनि सामान्य मर्मत सम्भारबाट काम चलाउ धारा चलाउँदै आएका थियौ,’ उनले भने, ‘त्यो पनि एक दशकदेखि विग्रन थालेपछि एक घण्टाको पैदलयात्रा गरी पानी लिएर घर आउँछौ।’ 

पानी अभावमा पशुचौपायदेखि सर्वसाधरणलाई असहज हुँदै आएको छ। पर्याप्त पानी नहुँदा सरसफाइका क्षेत्रमासमेत असर पुगेको आचार्य बताउँछन्। खानेपानी आयोजना बुझ्दै मेयर थापाले भने, ‘अब व्यवस्थापन र पुननिर्माणमा नगरपालिकाले प्राथमिकतामा राखेर अघि बढ्छ।’ उनले पानीको उपलब्धता भन्दा पनि पीउन योग्य सफा छ कि छैन् भन्ने महत्वपूर्ण बिषय बन्छ, त्यसैले योग्य पानी खोज्दा खोज्दै केही ढिलाई भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.