सोलुखुम्बुमा चार वटा फलफूल प्रशोधन मेसिन प्रयोग विहिन

सोलुखुम्बुमा चार वटा फलफूल प्रशोधन मेसिन प्रयोग विहिन

सोलुखुम्बु : सोलुखुम्बुमा चार वटा फलफूल प्रशोधन मेसिन (डिस्टीलरी) वर्षौदेखि प्रयोग विहिन बनेको छ। जिल्लाको बागवानी केन्द, फाप्लु, गार्मा र पत्तालेमा गरी ४ वटा प्रशोधन मेसिन डिस्टीलरी एक दशक देखि प्रयोग विहिन बनेको हो। जिल्लामा फलफूल भण्डार तथा प्रशोधन केन्द्र नहुँदा बिक्री नभएका फलफूलहरु त्यतिकै खेर फाल्नुपर्ने बाध्यता किसानमा छ।

यहाँ किवी, स्याउ, आरुबखडा, नास्पाती लगायतका धेरै प्रकारका फलफूलहरु उत्पादन हुने गरेको छ। तर जिल्लामा प्रशोधन केन्द्र नहुँदा विक्री हुन नसकेका फलफूल बस्तुभाउलाई खुवानुपर्ने वा कुहुवाएर फाल्नुपर्ने बाध्यता रहेको सोलुदुधकुण्ड नगरपालिका-७ गार्माका दोमी शेर्पाले गुनासो गरे।

प्रयोगविहिन बनेको प्रशोधन मेसिन तत्काल प्रयोगमा ल्याउने सम्भाव नरहेको बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताए। उक्त मेसिनहरु धेरै वर्ष पुरानो भएर खिया लागिसकेकाले सञ्चालनमा ल्याउन नसकेको कार्यालयले जनाएको छ। डिस्टिलरी प्रयोगमा आएको खण्डमा फलफूलको जाम, जुस, वाईनसहित धेरै परिकार बनाउन सकिन्छ। तर किसानको गुनासो सम्बोधनमा स्थानीय सरकार गम्भीर नबनेको कृषकहरुको गुनासो छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.