राप्रपाका दुई पूर्वअध्यक्षसहित १७ जनाले पार्टी छोडे

राप्रपाका दुई पूर्वअध्यक्षसहित १७ जनाले पार्टी छोडे

उदयपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरका दुई पूर्वअध्यक्षसहित डेढ दर्जन नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। पार्टीभित्र व्यक्तिवादी प्रथा हावी हुँदै गएको भन्दै पूर्वअध्यक्ष दत्तनारायण केसी, लल्कुकुमार चौधरीसहित १७ जना नेता कार्यकर्ताले एकैसाथ पार्टी परित्याग गरेका हुन्।

सामूहिकरुपमा प्रेसविज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी गतिविधिमा आएको टुटफुटले सिधासोझा, इमान्दार कार्यकर्तामा विचलन आएको भन्दै साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी गतिविधमा भएका उत्तरचढाव, टुटफुट, गुट र व्यक्तिबादी हाविले इमान्दार, कर्मठ, निष्ठावान कार्यकर्तामा विचलन आएको र क्रमश पाखा लाग्ने स्थिति पैदा भएकाले राप्रपमा रहिरहन योग्य नभएकाले सामुहिकरुपमा परित्याग गरेका छौं।'

सामूहिक पार्टी परित्याग गर्ने अधिकांश निवर्तमान केन्द्रीय अध्यक्ष कमल थापा निकट हुन्।  अध्यक्ष थापाले पार्टी परित्याग गरी राप्रपा नेपालमा समाहित भएपछि केसी नेतृत्वको समूह निरास हुँदै आएको छ।  राप्रपा त्यागेका उनीहरु थापाको नयाँ पार्टीमा नजानेसमेत घोषणा गरेका छन्।

केसी र चौधरीसँगै पार्टी परित्याग गर्नेमा पूर्व जिल्ला कमिटी सचिबद्धय नवराज पोखरेल, जगतबहादुर राउत रहेका छन्। उनीहरु दुबै जना तथा हालका जिल्ला सदस्य पनि हुन्। त्यसैगरी त्रियुगा नगर कमिटी अध्यक्ष तथा हालका जिल्ला रामकुमार कटुवाल, सदस्य लिला कार्की, तरबहादुर खत्री, लिम्चुङ्गबुङ्ग गाउँपालिका कमिटीका कमल थापा लगायत रहेका छन्।  

केसी २०६६ असोज १४ गतेको अधिवेशनबाट लगातार दुई कार्यकाल जिल्ला अध्यक्ष भएका हुन्। केन्द्रीय सदस्य तथा कार्यसम्पादन समितिको सदस्य समेतको जिम्वेवारी सम्हालीसकेका केसी हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीको प्रमुख सल्लाहकार छन्। सामूहिकरुपमा १७ जनाले पार्टी परित्याग गरेपनि सबैको हस्ताक्षर गर्न तत्काल सम्भव नभएकाले २५ जनाको पुनःविज्ञप्ति निकाल्ने तयारी भैरहेको केसीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.