स्याङ्जाको फापरथुममा पण्डित आनन्दमणिको शालिक

स्याङ्जाको फापरथुममा पण्डित आनन्दमणिको शालिक

स्याङ्जा : स्याङ्जाका पण्डित आनन्दमणि ढकालको शालिक अनावरण गरिएको छ। पण्डितको जन्मथलोमै उनका छोराहरुले आनन्द आश्रममा शालिक निर्माण गरेका हुन। शालिक गतवर्ष शिलान्यास गरिएको हो। 

आँधीखोला गाउँपालिका-६ स्थित फापरथुममा निर्मित आनन्द आश्रममा निर्मित पण्डितको शालिक भर्चुअल माध्यमबाट अनावरण गरिएको हो। 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शालिक अनावरण गर्दै तत्कालिन अवस्थामा स्वर्गिय पण्डितले पुरयाएको शैक्षिक योगदानको चर्चा गरे। पण्डित आनन्दमणी त्यस भेगका शैक्षिक जागरण ल्याई आफनै गाउँघरमै बसेर शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराएकोेमा उनले जोड दिए। उनका योगदान, गुरुकुल शिक्षा, ज्योतिष शास्त्र, संस्कृत व्याकरण, धार्मिक तथा सामाजिक कार्य लगायत साहित्यिक क्षेत्रमा योगदान रहेको स्मरण गराए।

आफ्ना बुवाकोे पदछाया एवं समाजसेवालाई पछ्याउदै उनका छोरा साहित्यकार एवं पूर्व मन्त्री त्रिलोचन ढकालले सो शालिक निर्माण गरेका हुन्। उनको कार्यलाई भाई समाजसेवी डिल्लीराज ढकालले पनि सहयोग र साथ दिएका छन्। शालिक निर्माणमा झण्डै ३० लाख खर्च भएको बताइएको छ। 

पण्डित आनन्दमणी, टुल्की, नन्दकला स्मृति प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्राध्यापक डा. महेश्वर शर्मा, संस्थापक छोराहरु साहित्यकार एवं पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल र डिल्लीराज ढकाल, उपाध्यक्ष शिशिरराज ढकाल, साहित्यकारहरु डा. रमेश सुभेच्छुक, मुकुन्द शर्मा चालिसे, चिन्तु गिरी, खेमराज शर्मा, प्रा. डा. कपिल लामिछाने, जगतप्रसाद उपाध्याय, डा. सुस्मिता ढकाल, प्रेम लुईटेल लगायतले रचना वाचन गरेका थिए। 

पण्डित आनन्दमणीको विसं. १९७५–२०१७ सम्मको आधा शताब्दीसम्मको भएको योगदान लगायत साहित्यिक योगदानका बारेमा चर्चा गरिए। सोही कार्यक्रममा आनन्दमणी साहित्य पुरस्कारबाट मुकुन्द शर्मा चालिसेलाई सम्मान गरिएको थियो भने आनन्दम आश्रममा अनौपचारिक अध्ययरत अन्य विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा स्वदेश तथा विदेश अमेरिका, अष्ट्रेलिया, भारत, बेलायत लगायत विभिन्न मुलुकमा रहेका साहित्यिक क्षेत्रमा क्रियाशिल साहित्यकारहरुको समेत सहभागीता थियो। 

साहित्यकार एवं पूर्वमन्त्री ढकाल परिवारले बुवा र दुईवटी आमाको नाममा पण्डित आनन्दमणी, टुल्की, नन्दकला स्मृति प्रतिष्ठान स्थापना गरी साहित्यिक क्षेत्रमा योगदान दिदैँ आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.