मुस्ताङका ३८ मतदान केन्द्रमा १० हजार ४ सय १४ मतदाता

मुस्ताङका ३८ मतदान केन्द्रमा १० हजार ४ सय १४ मतदाता

जोमसोम : आसन्न स्थानीय निर्वाचनका लागि मुस्ताङका ३८ मतदान केन्द्रमा १० हजार ४ सय १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ। छेटाैै निर्वाचन दिवसका अवसरमा भएको सरोकारवाला निकाय सम्मिलित बैठकमा कार्यालयले यस्तो जानकारी दिए।

मुस्ताङमा यसअघिको ३७ मतदान केन्द्र कायम रहेकोमा त्यसमा थासाङ गाउँपालिका-४ झिप्रा देउरालीमा थप एक केन्द्र थपिएसंगै मुस्ताङमा ३८ वटा मतदान केन्द्र कायम भएको हो। जसअन्तर्गत घरपझोङमा ५, थासाङमा ८, वारागुङ मुक्तिक्षेत्रमा ९, लोघेकर दामोदरकुण्डमा ९, र लोमान्थाङ गाउपालिकामा ७ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए।

मतदाता नामावली अद्यावधिकको पछिल्लो विवरण अनुसार मुस्ताङमा ५ हजार १ सय ८ पुरुष र ५ हजार ३ सय ५ महिला मतदाता रहेका छन्। संघीयतापछिको २०७४ को निर्वाचनमा मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता थिए। मुस्ताङको यसअघिको मतदाता संख्यामा ९ सय ९८ मतदाता थप भएका हुन्।

जिल्लाको थासाङमा २ हजार ६ सय ९७, घरपझोङमा २ हजार १ सय २३, वारागुङ मुक्तिक्षेत्रमा २ हजार २ सय ९१, लोघेकर दामोदरकुण्डमा १ हजार ४ सय ४१ र लोमान्थाङ गाउपालिकामा १ हजार ८ सय ६२ मतदाता छन्। मुस्ताङको थासाङमा सबैभन्दा बढी र सबैभन्दा कम मतदाता लोघेकर दामोदरुकण्ड गाउपालिकामा छन्।

सरकारले देशका ७५३ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन गर्ने गरी मिति घोषणा भईसकेकाले अर्को व्यवस्था नभएसम्म मतदाता नामावली अद्यावधिक कार्य स्थगित भएको कार्यालयले जनाएको छ। आसन्न स्थानीय तह निर्वाचनका लागि पूर्व तैयारीस्वरुप गरिएको जिल्ला स्तरमा निर्वाचन संञ्चालन तथा व्यवस्थापन अन्तक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुले सुझाव पेश गरे। 

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालको अध्यक्षमा भएको कार्यक्रममा आसन्न स्थानीय तह निर्वाचन निश्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता र प्रचलित कानुनका पालना गरी सम्पन्न गर्ने बिषयमा जोड दिईएको छ। कार्यक्रम स्थानीय तहका जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको उपस्थिती रहेको छ।

निर्वाचन दिवसका अवसरमा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले आसन्न निर्वाचनका लागि कानुन र निर्वाचन आचारसंहिताको पालना गर्दै चुनाव गर्न प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालय कटिबद्ध रहने प्रतिवद्धता ब्यक्त गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.