मुस्ताङमा फागुन १७ देखि हवाई उडान नियमित हुने
जोमसोम : विगत दुई महिनादेखि स्थगित पोखरा-जोमसोम हवाई उडान फागुन १७ गतेदेखि संञ्चालनमा आउने भएको छ। पोखरा-जोमसोम हवाई उडान गत पुस १० गतेदेखि ठप्प भएकोमा यती एयरलान्सको भगिनी संस्था तारा एअरले पोखरा-जोमसोमको ब्यवसायिक हवाई उडान सञ्चालनको तैयारी गरेको जनाएको छ।
तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाका अनुसार तारा एयरको जहाजमा कुनै प्राविधिक समस्या नआएको खण्डमा पोखरा-जोमसोम हवाई सेवा फागुन १७ गतेदेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए। उनका अनुसार कोरोना अघि तारा एयरले नियमितरुपमा बाह्रै महिना सेवा सञ्चालन गर्ने गरेको भएपनि चालु वर्ष भारतीय पर्यटक नआएको, कोरोना संक्रमण बढ्दै गएको र प्रतिकुल मौसम र अत्यधिक चिसोका कारण पोखरा-जोमसोम हवाई उडान स्थागित गर्नु परेको हो। कोभिडको जोखिम कम हुँदै गईरहेको र गर्मीयाम सुरु भई पर्यटकीय उपस्थिती हुने भएकाले उडान सञ्चालनको तयारी भईरहेको तारा एयरका प्रवक्ता बर्तौलाले बताए।
यसअघि सरकारले आन्तरिक तथा बाह्य उडानमा कुनै रोक लगाएको छैन। यद्यपी मुस्ताङमा हवाई सेवा ठप्प रहँदा यहाँका पर्यटन व्यवसायी भने चिन्तित छन्। मुस्ताङमा हवाई उडान नहुँदा जोमसोम विमानस्थल गुमनाम छ। झन्डै १६ सय मिटर क्षेत्रमा फैलिएको यहाँको कालोपत्रे विमानस्थल जहाज आउने पर्खाइमा छ। कोरोना संक्रमणकाल अघि हिउँदयामको मौसममा पर्यटकीय अफसिजन समेत भएपनि तारा एयरको जहाजले कम्तिमा एक उडान नियमित भर्ने गर्दथ्यो। चालु वर्ष भने विगतमा दिँदै आएको नियमित उडानसमेत पर्यटक कम हुँदा रद्द गरेको थियो। मुस्ताङमा पुसको पहिलो सातादेखि अहिलेसम्म जहाज आउँन नसकेको हो।
मुस्ताङमा तारा एअर र समिट एयरका साना जहाजहरुले उडान भर्ने गर्दथे। कोरोना अघि वसन्त क्रृतुको आगमनपछि पोखरा-जोमसोम हवाई दैनिक १८ उडानसम्म हुने गथ्र्यो। तर मुस्ताङमा दैनिक एक उडानसम्म हुन सकेको छैन। पोखरा-जोमसोम हवाई सेवा ठप्पै हुँदा जिल्लाका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय नागरिकलाई आउजाउमा निकै समस्या पर्दैआईरहेको छ। निर्माणधिन बेनी-जोमसोम सडकमा ठाउँठाउँमा टाईमकार्ड लगाईएकाले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयलाई मर्को पर्ने गरेको छ। त्यसै मुस्ताङमा कुनै नागरिक आकस्मिक बिरामी पर्दा उपचारका लागि सुगमको अस्पतालमा पुर्याउँन समस्या पर्दैआईरहेको छ। हवाई सेवा नियमित भएको भए यहाँका बिरामीलाई छिटो÷छरितो उपचारका लागि सुगमका अस्पतालमा पुर्याउन सहज हुने स्थानीय बताउँछन्।
पोखरम-जोमसोम हवाई उडानका लागि विदेश पर्यटक र नेपाली पर्यटकलाई फरक÷फरक भाडादर कायम गरिएको छ। यात्रुको निम्न चाप र नेपाली यात्रु बोक्दा एयरलाईन्स घाटामा जाने भएकाले पनि मुस्ताङमा उडान भर्न कम्पनी ईच्छुक नदेखिएका हुन्। तारा एयरको साना जहाजले अहिले हुम्ला र सिमिकोटतर्फ उडान भर्ने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाई छ। एकतर्फी यात्रु बोक्दा एयरलाईन्स कम्पनीलाई खर्च समेत नउठ्ने भएकाले उडान सञ्चालनमा आउन नसकेको हो।
मुस्ताङमा तारा एयर र समिट एयरले व्यवसायिक उडान भर्ने गथ्र्ये। तारा एयरले नियमित उडान भर्ने गरेपनि समिटले पर्यटकको फलो हेरेर सेवा सञ्चालन गर्ने गथ्र्यो। मुस्ताङमा सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमको टिकट बुकिङ काउन्टर रहेपनि झन्डै ४ वर्षदेखि जहाज आउन सकेको छैन। साताको दुई पटक उडान भर्ने वायुसेवा निगमको जहाज मुस्ताङ नआउँदा मुस्ताङको संघीय सांसद प्रेमप्रसाद तुलाचनले सरकारको ध्यानआर्कषण गराएका थिए।