एमसीसीको विरोधमा गाईघाटमा प्रर्दशन
उदयपुर : एमसीसीको विरोधमा सदरमुकाम गाईघाटमा निरन्तर प्रर्दशन भइरहेका छन् । सरकारले संसदबाट टेबल गर्ने तयारी गरिरहेका बेला उदयपुरमा रहेका ८ दलीय गठबन्धनले प्रर्दशन जारी राखेका हुन् । बन्दहड्तालको कार्यक्रमसमेत राखेका गठबन्धनले आइतबार गाईघाटमा विरोधस्वरुप र्याल र कोणसभा गरेका छन् । मुख्यचौकबाट सुरु भएको विरोध जुलुस बजार परिक्रमापछि लोकतान्त्रिकचौकमा पुगि कोणसभामा परिणत भएको छ ।
कोणसभामा बोल्दै नेताहरुले जबरजस्ती एमसीसी पास गरे देशविरुद्ध शसक्त प्रतिवाद गर्ने चेतावनी दिए । राष्ट्रको हितमा नभएको एमसीसी खारेज नगरे जस्तोसुकै मुल्य चुकाउन पनि आफूहरु तयार रहेको नेताहरुले उद्घोष गरे । कोणसभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले देशको स्वाधिनताको रक्षाका लागि सबै एक ठाउँमा उभिएर सशक्त प्रतिवादन गर्नुपर्ने बताए । उनले एमसीसी फिर्ता नगरेसम्म आन्दोलनलाई दैनिक अझ सशक्त बनाइने बताए ।