सोलुखुम्बु तेस्रो पटक हिमपात, जनजीवन प्रभावित

सोलुखुम्बु तेस्रो पटक हिमपात, जनजीवन प्रभावित

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीसहित माथिल्लो क्षेत्रमा आइतबार राती हिमपात भएको हो । जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाडा,रातनागि डाडा, खोरिया, रोशि, तामाखानी, लोदिङ, बेनी, जुनबेसीलगायतका स्थानहरू सेताम्मे बनेको स्थानीयले बताएका छन् । यस्तै, उच्च हिमाली क्षेत्र खुम्बुको लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्रमा शनिबार साझँबाट नै हिमपात सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिए ।

हिमपातपछि चिसो बढेको महसुश गरिएकको  छ भने जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन् । सोलुखुम्बुमा यसअघि पहिलो पटक पुस १३ गते र दोस्रो पटक माघ २० मा हिमपात भएको थियो । पुस १३ गते सामान्य हिमपात भएपनि माघ २० गते भने भारी हिमपात भएको थियो ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.